News

Export promotion strategy: Creating profile of 10 countries

Summary

The Government of Nepal has started to prepare profile of potential countries where diversification and marketing of Nepalese goods might be possible. The Ministry of Commerce is preparing profile of 10 countries where there could be potential demand for goods produced in Nepal and also potential of such goods.

Updated on : 12-10-2017


Export promotion strategy: Creating profile of 10 countries

नेपाली वस्तुको व्यापार विविधीकरण र बजारीकरणका लागि सम्भावित मुलुकहरूको प्रोफाइल तयार गर्ने काम थालिएको छ । वाणिज्य मन्त्रालयले स्वदेशी उत्पादनको अधिक माग र बजारीकरणको सम्भावना भएका त्यस्ता १० ओटा मुलुकको प्रोफाइल तयार पार्न थालेको हो । स्वदेशी उत्पादनको निर्यात प्रवर्द्धन र सम्भाव्य वस्तुको निर्यात रणनीतिअनुसार वाणिज्य मन्त्रालयले यस्तो तयारी गरेको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रविशङ्कर सैंजूका अनुसार भारत, चीन, अमेरिका, जर्मनी, बङ्गलादेश, जापान, इटली, क्यानडा, बेलायत र फ्रान्स गरी १० ओटा मुलुकको निर्यात प्रोफाइल तयार गरिँदै छ ।

सरकारले निर्यात प्रवद्र्धनका लागि सम्भावित मुलुकहरूको प्रोफाइल तयार गर्ने योजना केही वर्षअघि नै तयार पारेको थियो । तर, अस्थिर सरकारका कारण उक्त योजना अघि बढ्न सकेको थिएन । नेपालबाट खासगरी तयारी पोशाक, धागो, अदुवा, अलैंची, छालाजन्य वस्तु, जडीबुटी, पश्मिना, नेपाली कागज, चियालगायत वस्तु निर्यात हुने गरेको छ ।

मन्त्रालयका अनुसार कुन देशमा केकस्ता वस्तुको माग बढी छ, निर्यातको अवस्था कस्तो छ, निर्यातको क्रममा केकस्ता समस्या छन् भन्ने विषयमा जानकारी राख्ने उद्देश्यसहित प्रोफाइल तयार पार्ने काम अघि बढेको हो । प्रोफाइलमा मुख्यतः आयात निर्यात, भन्सार तथा गैरभन्सार अवरोध, आयात र निर्यातकर्ताको सम्पर्क नम्बरका अतिरिक्त वस्तुको मूल्यसमेत समावेश गरिने छ । प्रोफाइल तयार भइसकेपछि आगामी दिनमा त्यसले व्यापारघाटा कम गर्न ठूलो सहयोग पुर्‍याउने मन्त्रालयको अपेक्षा रहेको छ ।

वाणिज्य नीति २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७२ ले अदुवा, चिया, गलैंचा, छाला, जुत्ता, च्याङ्ग्रा पश्मिना, तयारी कपडालगायतलाई प्रमुख निर्यातयोग्य वस्तुको सूचीमा समावेश गरेको छ । ‘कुन देशमा कुन कुन वस्तु केकति निर्यात भइरहेको छ भनेर प्रोफाइल बनाउने काम शुरू गरेका छौं,’ उनले भने । उनका अनुसार प्रोफाइलको ड्राफ्टसमेत तयार भइसकेको छ । जिम्मेवार सबै निकायसँग छलफल गरी ड्राफ्टलाई अन्तिम रूप दिनमात्र बाँकी रहेको बताइएको छ ।

प्रोफाइल तयार भएपछि सोही आधारमा कुन देशमा कुन वस्तुको निर्यात सम्भावना बढी छ भनी सर्वे गरिनेछ । सर्वेपछि सम्भाव्यताका आधारमा त्यस्ता मुलुकसँग दुईपक्षीय सम्झौता गरेर प्रभावकारी रूपमा स्वदेशी वस्तु निर्यात गर्ने योजना तयार पारिएको हो ।

उक्त ड्राफ्टलाई छिटै अन्तिम रूप दिएर प्रोफाइल कार्यान्वयनमा ल्याइने प्रवक्ता सैंजुले जानकारी दिए । ती प्रोफाइल निजीक्षेत्रका निर्यातकर्तालाई उपलब्ध गराई व्यापारमा सहयोग पु¥याउने लक्ष्य मन्त्रालयको छ । पछिल्लो समय सरकारी स्तरबाट स्वदेशी सामग्रीको निर्यातसम्बन्धी उपयुक्त नीति कार्यान्वयनमा नआउँदा विभिन्न मुलुकबाट हुने आयात दर तीव्र गतिमा बढ्दो छ । त्यससँगै तुलनात्मक लाभका विविध वस्तुको निर्यातसमेत खुम्चिएको हो । प्रोफाइल कार्यान्वयनमा आएपछि निर्यात दरमा वृद्धि हुने मन्त्रालयको विश्वास छ ।


Most Recent News


Search All News

Member Area

Search this Site
Contents
Search Trade Information
 




 

 

 

 

Information and Articles
 






 

 

 


Important Links
 

NTIP Promotional Video 

Preferential Tariff from USA 

Trade Data of Nepal

Register Business in Nepal

Exchange Rates

WTO Speak

WTO Legal Text

WTO Document & Resources

Doing Business in Nepal

ITC Trade Map 

International Trade Centre

CBI Netherlands 

EU Trade Export Helpdesk 

AUMA

Nepal Trade Integration Strategy (NTIS) 2016

Upcoming Events