Legal Documents

Minimize Trade Deficit
Coordination among government stakeholders to minimize trade deficit

व्यापार घाटा न्यूनीकरण कार्ययोजना, १५ निकायलाई पत्राचार

काठमाडौं : व्यापार घाटा न्यूनीकरणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवाला मन्त्रालय र अन्य निकायलाई पत्राचार गरेको छ। मन्त्रालयले व्यापार घाटा न्यूनीकरण गर्न प्रत्यक्ष सरोकार राख्ने १५ वटा निकायलाई यस्तो पत्राचार गरेको हो।  

मन्त्रालयका सहसचिव मधु मरासिनीले बढ्दो व्यापार घाटा न्यूनिकरणमा भूमिका खेल्न सक्ने सरोकारवाला निकायलाई कामको जिम्मेवारी र त्यस्ता काम सक्ने समय तोकी यसै साता पत्राचार गरिएको जानकारी दिए। मन्त्रालयका अनुसार व्यापार घाटा न्यूनीकरण राष्ट्रिय कार्ययोजनाले तोकेको कामकै बाँडफाँट गरी कति समयभित्र कस्ता योजना अघि बढाउँदा व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ भनेर जिम्मेवारी तोकेर पत्राचार गरिएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको यो कार्ययोजना दुई साताअघि मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो।  

मन्त्रालयले पत्राचार गरिएका निकायमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय छन्। यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र राष्ट्र बैंकलाई पत्राचार गरेको छ।  

कामको बाँडफाँट गरी कति समयभित्र कस्ता योजना अघि बढाउँदा व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ भन्ने योजनासहित पत्राचार गरिएको हो।  

‘कार्ययोजनाअनुसार लाइन मिनिस्टी« र अन्य निकायको कामको बाँडफाँट गरी तत्कालै र दीर्घकालीन रूपमा आयात न्यूनीकरण गर्ने विषयमा पत्राचार गरी जिम्मेवारी सुम्पिएको हो’, सहसचिव मरासिनीले भने, अब यही कार्ययोजनाअनुसार मन्त्रालयले आफ्नो भागमा परेको जिम्मेवारी अघि बढाउनेछन्। हामीले हाम्रो मन्त्रालयअन्तर्गतको विभाग र संस्थानबाट पूरा गर्नुपर्ने दायित्व अघि बढाउनेछौं।  ’

चालु आर्थिक वर्षको पहिलो १० महिना (साउन–वैशाख) मा कुल वैदेशिक व्यापार घाटा ११ खर्ब पुगेको छ। १० महिनामा ११ खर्ब ७८ अर्ब १३ करोड रुपैयाँ विभिन्न वस्तु नेपालमा आयात भएको छ। निर्यात भने ७८ अर्ब ५३ करोड ३९ रुपैयाँको मात्रै भएको छ।  

सहसचिव मरासिनीका अनुसार स्वदेशभित्र तुलनात्मक लाभ तथा प्रतिस्र्पधात्मक क्षमताको वस्तुको आन्तरिक उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने, कम गुणस्तर तथा स्वास्थ्यलाई हानि पुर्‍याउने वस्तुको आयात नियन्त्रण गर्ने, नेपाली वस्तुको गुणस्तर सुधार गरी ब्रान्डिङ तथा प्याकेजिङमा सुधार गरी निर्यात दर वृद्धि गर्ने यो कार्ययोजनाले लक्ष्य लिएको छ।  

कार्ययोजनाले आगामी ५ वर्षमा निर्यात आयातको अनुपातको एक रुपैयाँको निर्यात गर्दा साढे १० रुपैयाँको आयात गर्ने दर कायम राख्ने लक्ष्य राखेको छ। अहिले एक रुपैयाँको निर्यात गर्दा करिब साढे १५ रुपैयाँको आयात भइरहेको छ।  

यस्तो छ जिम्मेवारी

कार्ययोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हकमा राष्ट्रिय तथा क्षेत्रगत नीति, योजना र कार्यक्रममा उत्पादन वृद्धि, बजारीकरण, निर्यात प्रवद्र्घन, आयात प्रतिस्थापन तथा आयात व्यवस्थापन गर्ने विषयलाई तत्कालै प्राथमिकतामा राखेर सबै तहका निकायलाई निर्देशन तथा सहजीकरण गरि दिन जिम्मेवारी तोकेको छ। यसका साथै द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा व्यापारसम्बन्धी भएका तथा हुने सन्धि, सम्झौता, सहमतिको कार्यान्वयन गरी अधिकतम लाभ लिन सरोकारवाला निकायलाई एक महिनाभित्र निर्देशन दिनुपर्ने जिम्मेवारी तोकिएको छ।  

प्रधानमन्त्री कार्यालयस्तरबाट नै आयात निर्यातलाई प्रभाव पार्ने नीतिगत विषयमा निर्णय हुँदा सम्बन्धित निकायले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट परामर्श लिने व्यवस्था गरिनुपर्ने प्रणाली स्थापना गर्नुपर्ने पनि तोकिएको छ। यसैगरी सरकारी कार्यालय तथा सरकारी विद्यालयमा ६ महिनाभित्रमा स्वदेशी कागजलगायत प्रयोगमा जोड दिन पहल गरिदिनुपर्ने उल्लेख छ।  

राष्ट्रिय योजना आयोगको हकमा वाणिज्य नीति, नेपाल व्यापार एकीकृत रणनीतिसहित क्षेत्रगत नीति तथा रणनीति योजना तथा कार्यक्रममा उत्पादन, बजारीकरण, निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन तथा आयात व्यवस्थापनलाई प्राथमिकतामा राखेर व्यापारलाई मुलप्रवाहीकरणमा ल्याउने खालको कार्यक्रम बजेटमा समावेश गरिदिनुपर्ने जिम्मेवारी तोकिएको छ।  

प्रादेशिक तथा स्थानीय तहका लागि नीति तयार पार्दा निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा सहयोग पुग्ने विषयलाई जोड दिनुपर्ने उल्लेख छ।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको हकमा प्रत्येक प्रदेशमा एक निर्यात प्रवद्र्धन क्षेत्र, एक औद्योगिक क्षेत्र र एक विशेष आर्थिक क्षेत्र ३ वर्षभित्र निर्माण गरिसक्नुपर्ने उल्लेख छ। नेपाल–चीन सीमा क्षेत्र आसपासमा २ वर्षमा सक्ने गरी सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्नुपर्ने उल्लेख छ। यस्तै फुटवेयरको विशेष उत्पादन क्षेत्र दक्षिणकाली र कार्पेटको सिमरामा जस्तै छाला तथा छालाजन्य, हस्तकला, तयारी पोसाकको पनि विशेष उत्पादन क्षेत्र पहिचान गरी २ वर्षभित्रमा तोक्ने उल्लेख छ।  

ट्यारिफ सुविधाको उपभोग गरी निर्यात बढाउन ५ नयाँ मुलुकसँग सम्झौता गर्ने, तेस्रो मुलुकसँग व्यापार गर्न पारवहन सन्धि पुनरवलोकन गर्ने, गैरकृषिजन्य वस्तुको आयात आगामी ५ वर्षभित्र ५० प्रतिशतमा झार्नुपर्ने, कार्पेट, पस्मिना, छालाका वस्तु, यार्न र जुत्तााको निर्यात २ वर्षमा ५० प्रतिशतले वृद्धि गर्नुपर्ने, एक वर्षभित्र मिनरल तथा प्रशोधित पानी खाडीलगायत मुलुकमा निर्यात गर्ने नीति तयार पार्ने, चिनी, सिमेन्ट र औषधिको आयात दुई वर्षमा ८० प्रतिशतले प्रतिस्थापन गर्ने जिम्मोरी तोकिएको छ।  

कृषि तथा पशुपन्छी मन्त्रालयलाई १ अर्बभन्दा बढी मूल्यको आयात भएका वस्तुमध्ये आन्तरिक उत्पादन बढाउन सकिने कृषि तथा पशुजन्य वस्तुको आयात ३ वर्षमा ५० प्रतिशतमा झार्नुपर्ने उल्लेख छ। चिया, अदुवा, अलैंची र जडीबुटीलगायत २ वर्षभित्रमा ५० प्रतिशतले उत्पादन वृद्धि गर्नेलगायत जिम्मेवारी तोकिएको छ। यसरी अन्य निकायको पनि जिम्मेवारी तोकिएको छ। 

source: http://annapurnapost.com/news/129862


Most Recent News

Title Category Create Time Eng Nep
Bangladesh permits Nepal's yarn export via Banglabandha Dry Port (Nepali Version) News 2023-01-10 00:00:00.0
EU-TIP Support to Capacity Building of MSMEs in Trade and Export (Nepali version) News 2023-01-03 00:00:00.0
Nepal's Export Trade via Rasuwa Border Resumes (Nepali Version) News 2022-12-28 00:00:00.0
मंसिर २३ देखि हस्तकला व्यापार मेला News 2022-12-07 00:00:00.0
जर्मनीका व्यापार मेलाहरुबारे छलफल सम्पन्न News 2022-12-02 00:00:00.0

Search All News

Title Category Eng Nep
'EXIM Code mandatory from Augusut: Deposit amounted reduced to 3 lakhs News
व्यापार घाटा झन्डै १६ प्रतिशतले घट्यो। News
भन्सार एजेन्टको परिक्षामा उत्तिर्ण भएकाहरुलाई ईजाजतपत्र News
Minimize trade deficit News
Nepal-China trade: free trade feasibility study on the cards News
इन्डोनेसियाको निर्यात प्रतिबन्धले नेपालमा असर News
Government and World Bank complete annual review of portfolio performance News
मुस्ताङबाट ५० करोडको स्याउ निकासी News
जनप्रशासन संघ एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र बिच अन्तरकृया कार्यक्रम सम्पन्न News
Nepal-China trade set to surge with Tatopani Customs re-opening News
Kerung is now an international border point News
चियाले विदेशी मुद्रा भित्र्याएको दाबी News
Around 50,000 he-goats, sheep to be brought in Valley for Dashain News
मुस्ताङको स्याउ बजारमा News
जर्मनीका व्यापार मेलाहरुबारे छलफल सम्पन्न News
Nepal participated in Biofach Trade Fair 2022 in Nuremberg, Germany. News
Consultation meeting on Trade Policy Review held News
Department of Customs and the Trade and Export Promotion Centre sign Memorandum of Understanding News
काठमाडौंलाई व्यापारको हब बनाइने News
Rebranding the West News
Services-led growth key to Nepal’s green, resilient, and inclusive development News
मंसिर २३ देखि हस्तकला व्यापार मेला News
8% Cash Incentives in some of the Potential Export products News
Cargo tracking system will be implemented soon : Ministry of Industry, Commerce, and Supplies News
It is important to increase the role of TEPC News
Nepalese Chyangra farmers trained to add value to pashmina fibres News
India hands over Jaynagar-Kurtha cross-border rail section News
Nepal's Export Trade via Rasuwa Border Resumes (Nepali Version) News
China announces zero-tariff treatment for 98% of tariff lines for 16 LDCs News
The problem of trade and transit between Nepal and India will be resolved. News
Foreign Trade Statistics of Nepal [First two months (Shrawan-Bhadra) of Fiscal Year 2074-75] News
ITC partners with national private and public stakeholders and the World Bank to establish a Nepali value chain for the Pashmina sector. News
Revolving fund of Rs 10 million set up for agriculture and education News
EU-TIP Support to Capacity Building of MSMEs in Trade and Export (Nepali version) News
स्वदेशी उत्पादनलाई ‘कलेक्टिभ ट्रेडमार्ग’ आवश्यक छ : राणा News
Millions of rupees of tax evasion in carpet industry revenue News
Nepal to discuss trade barriers at IGC meet News
Training of Trainers (TOT) on Nepali products designs as per Demand in the International Market News
Policymakers voice for enhancing bilateral economic cooperation News
Bangladesh permits Nepal's yarn export via Banglabandha Dry Port (Nepali Version) News
China agrees to open market for Nepalese tea News
Nepal-India ICG meeting will be focused on trade facilitation News
Nepali EPG urges new peace, friendship treaty with India News
Export opportunities emerge as Nepal prepares move beyond LDC status News
Kiwi fruit saplings being exported to Bhutan News
MoC launches updated NTIS 2016 News
प्लास्टिकका फूलहरूको उत्पादन र आयातमा रोक, अबको विकल्प के? News
Minister Yadav directed the ministry to make Birjgunj ICP ready for inauguration in 3 days. News
Production of seven provinces in a single sales center News
Root cause analysis addresses non-tariff measures in Central Europe News
कफी खाने बढे, सरकारले ध्यान दिए अर्थतन्त्रको खम्बा बन्नसक्छ News
Govt fixes support price for coffee News
निकासी प्रवर्द्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न News
Discussion on Trade facilitation News
राष्ट्रवादी नाराले हुँदैन, उपभोक्ता र व्यापार सन्तुलनका लागि सस्तो वस्तु आयात गरेर महँगो वस्तु निर्यात गर्ने हो : सरद बिक्रम राणा [अन्तर्वार्ता] News
EU-Nepal Trade and Investment Project News
Cardamom insurance, compensation if plant dies News
India to grant Nepal access to two key ports in Gujarat & Odisha under trade, transit treaties News
ECTS system in Nepali cargo coming to Kolkata port. News
Nepal: Coffee Export Guides, Market Access Map and Quality for Trade Platform launched News
सुनको मूल्य तोलाको एक लाख नजिक News
President Obama Signs Nepal Trade Preferences Bill News
From now 'output- based' on grants only News
UK's New trading scheme cuts tariffs on hundreds of everyday products News
Commerce and Trade Agreement will be reviewed News
President Obama Signs Proclamation to Implement Nepal Preference Program News
Int'l Women's Trade Expo concludes on a high note News
DoC introduces ExIm code for traders News
भन्सार दर तथा अन्तशूल्कको दर हेरफेर News
वार्षिक निर्यात ५० करोडभन्दा बढी भए थप सुविधा कार्तिक 3, वुधवार News
Prime Minister's China Visit: Agreement on three ports News
ADB forecasts modest economic growth News
Govt targets 4% GDP contribution from NTIS products News
Insurance designed to make cardamom farming commercial News
The process of building dry port in Chobar has started. News
केही वस्तुको आयातमा प्रतिबन्धको निरन्तरता News
Railway agreement between Nepal and India News
लगानी प्रवद्र्धन केन्द्रित नीति बनाउन सुझाव News
Nepali VP sees huge market in China for Nepali products News
TIFA meeting after 6 years: US interest to increase export of Nepali products. News
Nepal participated in the first International Planning Meeting ahead of Expo 2025 Osaka Kansai. News
Nepali Cargo Rail Access to Calcutta News
वित्तीय क्षेत्र सुदृढीकरण गर्न विश्व बैंकको १८ अर्ब ऋण सहयोग News
Economic growth rate of Province-2 is 3.5 percent News
U.S.-Nepal Joint Statement on 3rd Trade and Investment Framework Council Meeting News
Narrowing gap on Trade Deficit due to Import Restriction (in Nepali) News
Minimize Trade Deficit News
राष्ट्रिय सम्पत्तिको मूल्यांकनमा जोड News
Cereal crop production up, vegetable production down in Karnali News