Archive

निकासी प्रवर्द्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
निकासी प्रवर्द्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

निकासी प्रवर्द्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७८ भाद्र ९, विहिवार

 

व्यापार ताथा निकासी प्रवर्द्धन केन्द्रमा आज साना तथा मझौला उद्यमी र निकासीकर्ताहरु विच एक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।केन्द्र र नेपाल अमेरिका चेम्वरको संयुक्त आयोजना साथै अग्नी एक्जिम र नेपाली माटोको सहकार्यमा संचालन भएको सो कार्यक्रको अध्यक्षता केन्द्रका कार्यकारी निर्देशक श्रीमान् सरद विक्रम राणाज्यूले गर्नुभएको थियो ।कार्यक्रमा अग्नी एक्जिम र नेपाली माटोको तर्फवाट शुस्मा केसी र देविका वुढाथोकिले क्रमश अआफ्नो भनाईहरु राख्नुभएको थियो भने कार्यक्रमको संचालन देविका वुढाथोकिले नै गर्नुभएको थियो।

उक्त अन्तरकृया कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रसंग सम्वन्धित निकासीकर्ता र उद्यमी व्यवसायीहरुले कम्पनिको परिचय उद्योगको वर्तमान अविस्था सहित उत्पादन र निकासी मा देखापरेका अवसर र चुनौतिका बारेमा अआफ्नो भनाईहरु राखेका थिए।सो कार्यक्रम परिसरमा विभिन्न कम्पनिहरुले आफ्नो उत्पादनको डिस्प्ले गराउने देखि लिएर स्याम्पल टेस्ट गराएर फिडब्याक लिईरहेको समेत देख्न सकिन्थ्यो।

उक्त अन्तरकृया कार्यक्रममा व्यापार ताथा निकासी प्रवर्द्धन केन्द्रको तर्फवाट केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले ;+o"Qm /fHo cd]l/sfn] g]kfnsf] nflu ljz]if P]g lgdf{0f u/L lbPsf] && j:t'x?sf] lgof{tdf eG;f/ ;'ljwfsf af/]df निर्यातको वर्तमान अवस्था, अवसर र चुनौती वारे प्रस्तुतिकारण दिनुभएको थियो । कार्यक्रममा सहभागी तथा पत्रकारहरुको जिज्ञासाहरुलाई संवोधन गर्ने क्रममा सो कार्यक्रमका प्रमुख अतिथी तथा केन्द्रका कार्यकारी निर्देशकज्यूले नेपालको निकासी वृद्धीमा लागी अब निर्यात गृह मार्फत नेपाली वस्तु तथा उत्पादनको निकासी प्रवर्द्धन गरिने बताउनुभयो।उहाले उद्यमी व्यवसायीहरुलाई संवोधन गर्दै विश्व बजारको बढ्दो मागलाई ख्याल गर्दै प्रतिश्पर्धा कम भएका वस्तुहरुको निर्यात मा जोड दिन सुझाउनुभयो। सम्वोधन गर्ने क्रममा केन्द्रका कार्यकारी निर्देशकज्यूले विभिन्न देशहरुवाट नेपालको लागी प्राप्त भन्सार छुट सुविधालाई उपभोग गर्न त्यस्ता वस्तुहरुको निर्यातमा जोड दिनुपर्ने समेत बताउनुभयो।उक्त कार्यक्रमा अमेरिकामा निकासी संभावना रहेका ७७ वस्तुहरुको बारेमा समेत विषेश चर्चा भएको थियो।