Archive

Kerung is now an international border point
The Government of Nepal has upgraded Rasuvagadhi-Kerung border point between Nepal and China as an international port. The government has upgraded the port to meet the international standard from 30th of August, 2017

सरकारले नेपाल र चीनबीचको रसुवागढी–केरुङ नाकालाई अन्तरराष्ट्रिय नाकाका रूपमा स्तरोन्नति गरेको छ । २०७१ मङ्सिरदेखि हालसम्म द्विपक्षीय नाकाका रूपमा रहेको सो नाकालाई सरकारले बुधवारदेखि अन्तरराष्ट्रिय मापदण्डको स्तरोन्नति गरेको हो ।

२ महीनाअघि नै स्तरोन्नतिका लागि दुई देशका परराष्ट्र मन्त्रालयबीच कूटनैतिक पत्राचार भएको थियो । सोही पहलपश्चात् बुधवार चीनले ल्हासामा पत्रकार सम्मेलन गरी नाका स्तरोन्नति भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा तिब्वत सरकारका सहायक अध्यक्ष लियो मिले रसुवा–केरुङ नाकालाई अन्तरराष्ट्रिय नाकामा परिणत गर्न पाउँदा खुशी लागेको बताएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ । विज्ञप्तिमा सहायक अध्यक्ष मिले नाकाको चीनतर्फको भौतिक पूर्वाधार निर्माण लगभग सम्पन्न भएको भन्दै नाकाले चीनको ओबोरको अवधारणा कार्यान्वयनमा समेत सघाउ पुर्‍याउने बताएको उल्लेख छ ।

ल्यासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्की सहभागी सम्मेलनमा रसुवा–केरुङ नाका अन्तरराष्ट्रिय स्तरमा सञ्चालनमा आएपछि नेपाल तथा चीन दुवै देशको व्यापार, पर्यटन र सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ । नेपालले ओबोरमा हस्ताक्षर गरिसकेकाले पनि आपसी सम्बध विस्तार र लगानी प्रवर्द्धनमा सो सञ्जालले महत्त्वपूर्ण भूमिका खेल्ने ठानिएको छ । केरुङ नाका सञ्चालनसँगै भूकम्पले अवरुद्ध तातोपानी–खासा नाका पनि सञ्चालनमा ल्याउनुपर्ने आवाज उठेको छ