Archive

Nepal's Export Trade via Rasuwa Border Resumes (Nepali Version)
Nepal's Export Trade via Rasuwa Border Resumes (Nepali Version)

चीनमा निर्यात गर्न रसुवागढी नाका खुल्यो

 

 

मंगलबारदेखि चीनले नेपाली वस्तु निर्यात गर्न रसुवागढी नाका खुलाएको छ । कोरोना महामारी सुरुवात भएपछि बन्द गरिएको रसुवागढी नाका पहिलो पटक खुलेको हो ।रसुवागढी नाका ३१ महिनादेखि बन्द रहेको थियो । पहिलो पटक नेपालबाट ५० लाख ७० हजार रुपैयाँको वस्तु निर्यात भएको छ । बाँसको मुढा, तामाका भाँडा लगायतका वस्तु नेपालले चीनमा निर्यात गरेको हो। तर सिन्धुपाल्चोकको तातोपानी नाका भने नेपाली वस्तु निर्यातका गर्न अझै बन्द रहेको छ ।