Legal Documents
Nepali Cargo Rail Access to Calcutta Two way access to Nepalese Cargo Rail from Birgunj and Birtatnagar to Calcutta

नेपाली कार्गो रेललाई वीरगञ्ज र विराटनगरबाट कोलकात्तासम्म दुईतर्फी पहुँच
२७ जेठ, काठमाडौं । नेपाल-भारतबीचको रेल सेवा सम्झौता ५ वर्षका लागि नवीरकरण भएको छ । भारतमा जेठ २३ र २४ गते भएको दुई दशेबीचको वार्तामा भारतसँग रेल सेवाबारे दर्जनभन्दा बढी सहमति भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको ११ सदस्यीय टोली वार्ताका लागि भारत गएको थियो । भारतबाट टोली फर्किएपछि सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।
नयाँ सहमति अनुसार भारतले नेपाली रेललाई कोलकात्ता/हल्दियादेखि वीरगञ्ज, विराटनगरसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन सैद्दान्तिक सहमति जनाएको छ । अब नेपालकै रेल कोलकत्तासम्म जान बाटो खुलेको छ ।
भारतले नेपाललाई पहुँच दिन लागेका नयाँ धामरा र मुन्द्रा पोर्टसम्मको रेल सेवालाई पनि सम्झौतामा समेट्ने विषयमा सहमति भएको छ । यसतै रक्सौलको सुख्खा बन्दरगहासम्म विद्युतीय रेल्वे लाइन विस्तारमा पनि भारत सहमत भएको छ ।
विराटनगर र भैरहवा नाबाट समेत बल्क कार्गो ढुवानी गर्न पाउने गरीरेल सेवामा आवश्यक संशोधन गर्ने र विरानटनर-जोगबनी, भैरहवा-नौतनुवा, कुर्ता-जयनगर रुटमा रेल सेवा सुरु भएपछि कार्गो ढुवानी गर्न दिन पनि भारत सहमत भएको छ ।
भारतीय रेलबाट लाइसेन्स पाएका अन्य रेल सेवा सञ्चालकसँग पनि नेपालले कार्गो ल्याउन सक्ने गरी व्यवस्था गर्नेबारे छलफल अघि बढाउने सहमति पनि भएको छ।
रेल्वेको विलम्ब शुल्क कम गर्ने, आधिकारिक कार्गो रेल सञ्चालकको दायित्व किटान गर्ने लगायतका भारतीय पक्षले नेपाली पक्षलाई आश्वास्त गरेको छ ।
भारतले पारवाहन सम्झौतमा व्यवस्था गरिए आफ्ना सुख्खा बन्दरगाह र नेपाली सुख्खा बन्दरगाहबीच तेस्रो मुलुकसँग हुने ब्यापारका लागि कार्गो रेल सेवा सुरु गर्न सकिने पनि बताएको छ ।
अब नेपालले वीरगञ्जबाहेकका अन्य प्रमुख नाकाहरुसम्म पनि ‘बल्क कार्गो’ सुविधा प्राप्त गर्ने भएको छ । भारतसँग सन् २००४ मा रेल सेवा सम्झौता भएको थियो । यो सम्झौताअनुसार बल्क कार्गो कोलकाता बन्दरगाहबाट वीरगञ्ज नाकासम्म मात्र ल्याउन पाउने व्यवस्था थियो । त्यसलाई अन्य प्रमुख नाकाहरुमा पनि विस्तार गर्ने गरी भारतसँग नेपालले पहल गर्दै आएको छ ।
बल्क कार्गोमा मल, चिनी, भटमास, नून, पिना, प्लाष्टिकका दाना, सिमेन्ट, कोइला, क्लिंकर, तरकारी, फलफूल लगायतका वस्तुहरु ठूलो परिमाणमा मात्रै ल्याउन पाइन्छ । अहिलेसम्म रेल सेवा सम्झौताअनुसार कोलकाताबाट वीरगन्ज नाकामा मात्र रेलमार्फत ढुवानी गर्न पाइने व्यवस्था छ ।
वीरगञ्जबाट मात्रै आयात गर्नुपर्ने बाध्यताले नेपाल आउने कच्चा पदार्थको लागत वर्षैपच्छे बढ्दै गएको छ । कच्चा पदार्थ आयातको लागत बढ्दा नेपाली उत्पादनलाई प्रतिस्पर्धामा उत्रिन अप्ठेरो परिरहेको छ । व्यवसायीले पनि लामो समयदेखि बल्क कार्गोको सुविधा अन्य नाकाहरुमा पनि समेत विस्तार गर्नुपर्ने माग गरिरहेका थिए ।
सन् २०१२ मा बसेको नेपाल-भारत अन्तर सरकारी समिति (आईजीसी) को बैठकमा विराटनगर र भैरहवा (नौतन्वा) नाकासम्म पनि बल्क कार्गो सुविधा विस्तार गर्ने सहमति भएको थियो ।
उद्योगी व्यवसायीहरूले सामुन्द्रिक बन्दरगाहबाट आउने कन्टेनर र बल्क कार्गो रेलबाट ल्याउने व्यवस्था मिलाउन मिलाउन आग्रह गर्दै आएका छन् ।
Most Recent News
Title | Category | Create Time | Eng | Nep |
---|---|---|---|---|
UK has come out with The Developing Countries Trading Scheme (DCTS) | News | 2023-09-07 00:00:00.0 | ||
Hong Kong Trade Development Council (HKTDC) visited Trade and Export Promotion Centre | News | 2023-08-29 00:00:00.0 | ||
Deputy Head of Mission, Australian Embassy in Kathmandu visited Trade and Export Promotion Centre | News | 2023-08-28 00:00:00.0 | ||
Nepal-USA Trade and Investment Framework Agreement (TIFA) Meeting | News | 2023-05-23 00:00:00.0 | ||
Registration into GACC for Exporting to China | News | 2023-05-11 00:00:00.0 |