Legal Documents
EU-TIP Support to Capacity Building of MSMEs in Trade and Export (Nepali version) EU-TIP Support to Capacity Building of MSMEs in Trade and Export (Nepali version)

साना उद्यमीको व्यापार क्षमता बढाउन ईयूको सहयोग
अन्तर्राष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताहरूको आपूर्ति क्षमता बढाउने उद्देश्यले निर्यात प्रक्रिया तथा पालना गर्नुपर्ने कुराहरूबारे क्षमता विकास तालिम पोखरामा सुरू भएको छ ।
गण्डकी तथा लुम्बिनी प्रदेशका साना तथा मझौला ३० जना कफी व्यवसायीले तीन दिने तालिममा व्यापारका विविध पक्षहरूबारे आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर पाउने छन् । सन् २०२६ सम्म अतिकम विकसित मुलुकमा स्तरोन्नति हुने प्रयासमा रहेको नेपालका लागि सुक्ष्म, साना तथा मझौला व्यवसाय लक्षित यस कार्यशालाले उनीहरूको उत्पादन तथा निर्यात क्षमता अभिवृद्धि महत्वपूर्ण योगदान दिने आयोजकले जनाएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी) द्वारा कार्यान्वयन भइरहेको ईयू नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी) नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रद्वारा संयुक्त रूपमा यो क्षमता विकास तालिम आयोजना गरेका हुन् ।
विशेष गरी यो कार्यशाला विश्व व्पापारमा जोडिएका वा जोडिन खोज्ने नेपालका सुक्ष्म लघु तथा मझौला व्यवासायहरू (एमएसएमइज) को अन्तर्राष्ट्रिय बजार पहुँच अभिवृद्धिका लागि गैह्रभन्सार जनय अवरोध तथा बजार सम्बन्धी पूर्व सूचनाको पहुँचसहित प्रतिस्पर्धात्मक क्षमता र अनुपालना बढाउने लक्ष्यले कार्यशाला आयोजना भएको हो । नेपाली कफी व्यावसायीको निर्यात क्षमता बढाउन इयु नेपाल टिआइपिले युरोपेली संघ र संयुक्त राज्य अमेरिकालाई लक्षित गरी निर्यात सहजीकरणका दुई छुट्टा छुट्टै गाइडहरू पनि तयार पारेको छ ।
आइटिसीको प्राविधिक सहयोग तथा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्य एवं समन्वयमा यी दुवै गाइड तयार भएका हुन् । यी गाइडले नेपाली निर्यातकर्ताले ती दुवै गन्तव्यमा कफी निर्यातका लागि अपनाउनु पर्ने प्रकृयता र पालना गर्नुपर्ने मापदण्डका साथै आयातकर्ताले सफलतापूर्वक सम्बन्धित गन्तव्य मुलुकमा पूरा गर्नुपर्ने प्रकृयाको बारेमा चरणवद्ध प्रक्रिया समेटेका छन् ।
तालिमका क्रममा कफी क्षेत्रकोबारेमा जानकारी, युरोपियन युनियन र संयुक्त राज्य अमेरिकामा कफीको निर्यातको अवस्था, कफी निर्यातको प्रकृया र आवश्यक कागजात, कफी निर्यात प्रवर्द्धनका लागि व्यापार सहजीकरण र बजार प्रवर्द्धन कफी बजार विश्लेषणका अधानुनिक विधिहरू नेपालका लागि तयार गरिएको ट्रेड म्याप तथा नेपालबाट कफी निर्यातका सम्भावना र सम्भावित गन्तव्यबारे जानकारी गराइएको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव तोयम रायले व्यवसायीले कफी निर्यातका लागि चाहिने नीतिगत सुधारबारे सरकारलाई लिखित रूपमा जनाकारी दिन आग्रह गर्दै आगामी बजेटमा त्यसको उचित सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । अन्तर्राष्ट्रिय बजारको माग र गुणस्तर अनुसारको उत्पादन तथा आपूर्ति क्षमता बढाउनु पर्नेमा पनि उनले जोड दिए । सचिव रायले निर्यात प्रवर्द्धनका लागि साना तथा मझौला व्यवसायका लागि विशेष व्यवस्था गरी निर्यातमा सहजीकरण गर्ने नेपाल सरकारको प्राथमिकता रहँदै आएको उनको भनाइ छ ।
टिइपिसीका कार्यकारी निर्देशक शरद विक्रम राणाले सरकारी निकाय, दातृ निकायर व्यवसायीबीच अन्तरकृया मार्फत कफी क्षेत्रका समस्याका समाधानको लागि उपाय खोजिनुपर्नेमा जोड दिए । युरोपियन युनियनका वरिष्ट कार्यक्रम व्यवस्थापक मिम हमालले नेपाल सन् २०२६ सम्म अतिकम विकासित मुलुकको स्तरमा पुगेपछि देखिने अन्तर्राष्ट्रिय बजारका चुनौतीको सामाना गरी निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय बजारका आवश्यकता र गुणस्तर अनुसारको उत्पादन अभिवृद्धि गर्न यस कार्याशालाले सहयोग पुग्ने बताए ।
Most Recent News
Title | Category | Create Time | Eng | Nep |
---|---|---|---|---|
UK has come out with The Developing Countries Trading Scheme (DCTS) | News | 2023-09-07 00:00:00.0 | ||
Hong Kong Trade Development Council (HKTDC) visited Trade and Export Promotion Centre | News | 2023-08-29 00:00:00.0 | ||
Deputy Head of Mission, Australian Embassy in Kathmandu visited Trade and Export Promotion Centre | News | 2023-08-28 00:00:00.0 | ||
Nepal-USA Trade and Investment Framework Agreement (TIFA) Meeting | News | 2023-05-23 00:00:00.0 | ||
Registration into GACC for Exporting to China | News | 2023-05-11 00:00:00.0 |