Archive
यूरोपेली संघको जि.एस.पी उत्पत्तिको नियम (नेपालीमा अनुवाद) यूरोपेली संघको जि.एस.पी उत्पत्तीको नियम (नेपालीमा अनुवाद)
यूरोपेली संघको जि.एस.पी
(नेपाली भाषामा अनुवाद)
खण्ड २
सुविधाप्रद उत्पत्ती
धारा ३७
परिभाषाहरु
यस खण्डको उद्देश्य अनुरुप निम्नानुसारको परिभाषाहरु लागु हुनेछन्
१. "हितग्राही देश" भन्नाले यूरोपेली संसद र परिषदको नियमन नम्बर ९७८/२०१२ को अनुसूचि २ को सूचि अनुरुप सामान्य ग्राह्यता प्रणाली (GSP) को हितग्राही देश सम्झनु पर्छ ।
२. "उत्पादन" भन्नाले कुनै पनि प्रकारको कार्य वा प्रशोधनका साथै पाटपूर्जा एकट्ठा गर्नु सम्झनु पर्छ ।
३. "सामग्री" भन्नाले वस्तुको उत्पादनामा प्रयोग हुने कुनै पनि सामग्री, कच्चा पदार्थ, भाग वा अंश आदि सम्झनु पर्छ ।
४. "वस्तु" भन्नाले उत्पादन गरिएको वस्तु जनाउँदछ, जुन वस्तु तत्पश्चात पछि अर्को वस्तु उत्पादनको निमित्त प्रयोजन भए तापनि,
५. "मालसामान" भन्नाले सामग्री र वस्तु दुबैलाई जनाउँदछ ।
६. "द्विपक्षीय संचिति" भन्नाले एक प्रणाली जसले यूरोपेली संघमा उत्पत्ति भएका वस्तुहरुलाई हितग्राही देशमा थप प्रशोधन गरेमा वा वस्तुमा समावेश गरेमा उक्त वस्तु तथा सामग्रीहरु हितग्राही देशकै उत्पादन ठहरिनेछ ।
७. "नर्वे, स्वीट्जरल्याण्ड वा टर्कीसँग संचिति" भन्नाले एक प्रणाली जसले नर्वे, स्वीट्जरल्याण्ड वा टर्कीमा उत्पत्ति भएका वस्तुहरुलाई हितग्राही देशमा थप प्रशोधन गरी वा वस्तुमा समावेश गरी यूरोपेली संघमा आयात गरेका उक्त वस्तुका सामग्रीहरु हितग्राही देशकै उत्पत्ति भएको ठहरिनेछ ।
८. "क्षेत्रीय संचिति" भन्नाले एक प्रणाली जसले क्षेत्रीय समूहका सदस्य राष्ट्रहरुबाट उत्पादित वस्तुहरु सोही क्षेत्रीय समूहका अर्को सदस्य राष्ट्र (वा एक देश जुन अर्को क्षत्रीय समूहसँग सँचिति गर्न सम्भव भएमा) ले थप प्रशोधन गरी वा वस्तुमा समावेश गरी उत्पादन गरेमा उक्त सामग्रीहरु यस नियम अनुसार सोही देशको उत्पत्ति भएको ठहरिनेछ ।
९." विस्तारित संचिति" भन्नाले एक प्रणाली जसमा यूरोपेली आयोगले सशर्त प्रदान गर्ने भन्सार तथा व्यापार ९न्ब्त्त्० सम्बन्धी साधारण सम्झौता हो जसले नियमको धारा ह्ह्क्ष्ख् अनुसार हितग्राही देशको अनुरोधमा कुनै देशमा उत्पादित सामग्री जससँग यूरोपेली संघसँग स्वतन्त्र व्यापार सम्झौता लागु भएको छ भने उक्त देशको सामग्रीहरु थप प्रशोधन गरी वा वस्तुमा समावेश गरी वस्तु उत्पादन गरेमा उक्त सामग्रीहरु हितग्राही देशको उत्पत्ति भएको ठहरिनेछ ।
१०. "समान सामग्री" भन्नाले ती समान प्रकारको र व्यावसायिक गुणस्तर, समान प्राविधिक तथा भौतिक विशेषताहरु भएका सामग्रीहरु जुन अन्तिम तयारी वस्तुमा समाहित भएपछि एक अर्काबाट छुट्याउन नसकिने सामग्रीहरु सम्झनु पर्छ ।
११. "क्षेत्रीय समूह" भन्नाले देशहरुको समूहका जसमा क्षेत्रीय सँचिति लागू हुन्छ ।
१२. "भन्सार दर" भन्नाले भन्सार दरबन्दी र व्यापार सम्बन्धी (विश्व व्यापार संगठन भन्सार मूल्यांकन सम्बन्धी सम्झौता) को धारा ख्क्ष्क्ष् को कार्यान्वयन सम्बन्धी सन् १९९४ मा गरिएको साधारण सम्झौता अनुसार निर्धारण गरिएको दर सम्झनु पर्छ ।
१३. "सामग्रीहरुको दर" भन्नाले वस्तु उत्पादनमा प्रयोग भएको गैर(उत्पत्ति भएको सामग्रीहरु जुन पैठारीको समयमा लागु भएको भन्सार दर सम्झनु पर्छ, वा दर यकिन नभएमा वा सामग्रीको उत्पत्ति यकिन गर्न नसकेमा, यदि उत्पादन भएको देशको सामग्रीको दर स्थापित गर्न आवश्यक भएमा यस्तो अवस्थामा ःगतबतष्क ःगतबलमष्क लागू गर्नुपर्छ ।
१४. "एक्स वर्क्स मुल्य" भन्नाले वस्तु उत्पादकले उत्पादनपूर्व सामग्रीको खरीदमा भूक्तानी गरिएको मुल्य सम्झनु पर्छ, यस मुल्यमा सामग्री प्रयोजनका दरका साथै उत्पादनका अन्य संपूर्ण लागत मुल्य समावेश हुनेछ भने आन्तरिक कर घटाईएको वा उक्त सामग्रीको निकासी पश्चात प्राप्त हुने नगद अनुदान बाहेक लागत मुल्य सम्झनु पर्दछ ।
जहाँ वास्तविक तिरेको मुल्य वस्तुको उत्पादनसँग सम्बन्धित सबै लागत वास्तविक वस्तु उत्पादन गरिएको देशमा सोको मुल्य यकिन हुँदैन भने, एक्स वर्क्स मुल्य भन्नाले आन्तरिक कर तथा वस्तु निकासी पश्चात प्रदान गरिने कुनै अन्य नगद अनुदान घटाएर प्राप्त हुने वस्तुको कुल लागत मुल्य सम्झनु पर्दछ ।
जहाँ अन्तिम कार्य वा प्रशोधन अन्य उत्पादकलाई ठेक्कामा दिईन्छ भने माथि पहिलो हरफमा उल्लेखित उत्पादक भन्नाले ठेक्कामा दिएको उद्यमलाई जनाउदछ ।