Legal Documents

कानुनी कागजात

Title नेपाल गुणस्तर (प्रमाण–चिन्ह) ऐन, २०३७
Legal Type नीति
Issue Agency उद्योग मन्त्रालय
Responsible Agency उद्योग मन्त्रालय
Issuing Date 2017-02-07
Download English नेपाल गुणस्तर (प्रमाण–चिन्ह) ऐन, २०३७
Download Nepali नेपाल गुणस्तर (प्रमाण–चिन्ह) ऐन, २०३७

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
प्रमाण–चिन्हको अनुचित प्रयोगमा प्रतिबन्ध सेक्शन ८. प्रमाण–चिन्हको अनुचित प्रयोगमा प्रतिबन्ध: (१) इजाजतपत्र प्राप्त नगरी कुनै व्यक्तिले कुनै पदार्थका सम्बन्धमा प्रमाण–चिन्हको प्रयोग गर्न हुँदैन । कुनै व्यक्तिले प्रमाण–चिन्हको आकार प्रकारको भ्रम हुन सक्ने कुनै चिन्ह प्रयोग गर्न हुँदैन । (२) इजाजतपत्र प्राप्त गरेका व्यक्तिले पनि निर्धारित गुणस्तर अनुकूल नरहेका पदार्थको सम्बन्धमा प्रमाण–चिन्हको प्रयोग वा त्यसको आकार प्रकारका भ्रम हुन सक्ने कुनै चिन्ह प्रयोग गर्न हुँदैन । टिप्पणी Active measures Goods
परिषद् वा कार्यालयसंग मिल्दोजुल्दो नामको प्रयोगमा प्रतिबन्ध सेक्शन ८. परिषद् वा कार्यालयसंग मिल्दोजुल्दो नामको प्रयोगमा प्रतिबन्ध कुनै पनि व्यक्तिले परिषद् वा कार्यालयको पूरै वा संक्षिप्त नामको भ्रम हुन सक्ने नामको प्रयोग गर्न पाउने छैन टिप्पणी Active measures Goods
स्वीकृति लिई प्रचार प्रसार गर्न सकिने सेक्शन ७क. स्वीकृति लिई प्रचार प्रसार गर्न सकिने ः (१) कुनै व्यक्तिले कुनै पदार्थ नेपाल गुणस्तर अनुरुप छ भनी प्रचार प्रसार गर्न चाहेमा त्यस्तो व्यक्तिले कार्यालयको स्वीकृति लिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम स्वीकृति लिन चाहने व्यक्तिले कार्यालयमा निवेदन दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिम कुनै निवेदन पर्न आएमा कार्यालयले आवश्यक जाँचबुझ गरी प्रचार प्रसार गर्न पाउने गरी स्वीकृति दिन सक्नेछ । टिप्पणी Active measures Goods
प्रमाण–चिन्ह प्रयोग गर्न सक्ने सेक्शन ७ - प्रमाण–चिन्ह प्रयोग गर्न सक्ने: कुनै उत्पादक, निर्माता, वितरक वा सेवा प्रदान गर्ने व्यक्तिले कुनै पदार्थ वा प्रक्रियाको सम्बन्धमा प्रमाण–चिन्ह लगाउन चाहेमा यस ऐन अन्तर्गत इजाजतपत्र लिनु पर्नेछ । टिप्पणी Active measures Goods