Legal Documents

कानुनी कागजात

Title चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ (१९६९)
Legal Type नीति
Issue Agency सूचना तथा सञ्चार मन्त्रालय
Responsible Agency सूचना तथा सञ्चार मन्त्रालय
Issuing Date 2017-02-07
Download English चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ (१९६९)
Download Nepali चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ (१९६९)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
चलचित्र निर्माण, वितरण र प्रदर्शन गर्न इजाजत लिनु पर्ने सेक्शन ३ चलचित्र निर्माण, वितरण र प्रदर्शन गर्न इजाजत लिनु पर्ने ः (१) नेपाल सरकार वा नेपाल सरकारले तोकिदिएको अधिकृतबाट इजाजतपत्र नलिई कसैले देहायको चलचित्र निर्माण गर्न, वितरण गर्न वा प्रदर्शन गर्नु हुँदैन: (क) कथानक चलचित्र, र (ख) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको अन्य किसिमको चलचित्र । (२) उपदफा (१) बमोजिम चलचित्र निर्माण, वितरण वा प्रदर्शन गर्न दिनु पर्ने दरखास्तको ढाँचा, इजाजतपत्रको ढाँचा र इजाजतपत्र प्राप्त व्यक्तिले पालन गर्नुपर्ने शर्त र तिर्नुपर्ने दस्तुर तोकिएबमोजिम हुनेछ । (३) चलचित्र वितरण गर्न दिइने इजाजतपत्रको अवधि तोकिए बमोजिम हुनेछ । टिप्पणी Active measures Goods
इजाजतपत्र प्राप्त गरेको मितिले दुई वर्ष भित्र चलचित्र घर निर्माण गर्नु पर्ने सेक्शन ५ चलचित्र घर निर्माण गर्नु पर्ने ः (१) यस ऐन बमोजिम चलचित्र घर निर्माण गर्र्न े इजाजतपत्र पाउने व्यक्तिले इजाजतपत्र प्राप्त गरेको मितिले दुई वर्ष भित्र स्वीकृत नक्सा बमोजिमको चलचित्र घर निर्माण गरिसक्नु पर्नेछ । तर त्यस्तो इजाजतपत्र प्राप्त गर्ने व्यक्तिले कुनै मनासिब कारणबाट सो म्याद भित्र चलचित्र घरको निर्माण पूरा गर्न नसकेमा नेपाल सरकारले पटक पटक गरी बढीमा दुई वर्ष सम्मको म्याद थप दिन सक्नेछ । (२) उपदफा (१) बमोजिमको म्याद भित्र इजाजतपत्र प्राप्त गर्ने व्यक्तिले चलचित्र घरको निर्माण पूरा गर्न नसकेमा निजले पाएको इजाजतपत्र स्वतः खारेज हुनेछ । टिप्पणी Active measures Goods
बृत्तचित्र पनि देखाउनु पर्ने सेक्शन ९ - बृत्तचित्र पनि देखाउनु पर्ने: (१) कुनै चलचित्र प्रदर्शन गर्दा प्रारम्भमा र मध्यान्तरमा नेपाली रेकर्ड बजाउन र यथासम्भव बैज्ञानिक आविष्कार वा शिक्षा सम्बन्धी वा राष्ट्रिय वा अन्तराष्ट्रिय महत्वपूर्ण चालू घटना सम्बन्धी वृत्तचित्र पनि देखाउनु पर्छ । (२) नेपाल सरकारले इजाजतपत्र प्राप्त चलचित्र प्रदर्शकहरुलाई नेपाल सरकारद्वारा निर्मित वा नेपाल सरकारलाई प्राप्त कुनै बृत्तचित्र प्रदर्शन गर्नको लागि आदेश दिन सक्नेछ र त्यस्तो आदेशको पालन गर्नु त्यस्तो चलचित्र प्रदर्शकको कर्तव्य हुनेछ । टिप्पणी Active measures Goods
चलचित्रको जाँच सेक्शन ८. चलचित्रको जाँच ः टिप्पणी Active measures Goods
चलचित्र निर्माण, वितरण तथा प्रदर्शन इजाजतपत्रको अवधि सेक्सन ९ - १) चलचित्र निर्माण गर्न इजाजतपत्र प्राप्त व्यक्तिले इजाजतपत्र प्राप्त गरेको मितिले कथानक चलचित्र तीन वर्षभित्र र अन्य चलचित्र एक वर्षभित्र निर्माण गरिसक्नु पर्नेछ । तर सो म्यादभित्र चलचित्र निर्माण गर्न नसकेको मनासिव कारण देखाई इजाजतपत्र प्राप्त व्यक्तिले इजाजतपत्रको म्याद समाप्त हुनु अगावै म्याद थपको लागि मन्त्रालयसमक्ष दरखास्त गरेमा र सो व्यहोरा मनासिब देखिएमा मन्त्रालयले कथानक चलचित्र भए एक वर्ष र अन्य चलचित्र भए तीन महिनासम्मको म्याद थप गरिदिने छ । (२) चलचित्र वितरण तथा प्रदर्शन गर्न दिइएको इजाजतपत्रको अवधि पाँच वर्ष हुनेछ । टिप्पणी Active measures Goods