Legal Documents

कानुनी कागजात

Title खानी तथा खनिज पदार्थ ऐन, २०४२(१९८५)
Legal Type नीति
Issue Agency उद्योग मन्त्रालय
Responsible Agency उद्योग मन्त्रालय
Issuing Date 2017-02-07
Download English खानी तथा खनिज पदार्थ ऐन, २०४२(१९८५)
Download Nepali खानी तथा खनिज पदार्थ ऐन, २०४२(१९८५)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
खनिज पदार्थ उत्खनन् कार्य गर्ने अधिकार सेक्शन ६- उत्खनन् कार्य गर्ने अधिकार: (१) कुनै क्षेत्रमा कुनै खनिज पदार्थको खोज तलास कार्य गर्ने अनुमति प्राप्त व्यक्तिलाई सो क्षेत्रमा सोही खनिज पदार्थको उत्खनन् कार्य गर्न अनुमति पाउने अधिकार हुनेछ । (२) खोजतलास कार्य गर्ने अनुमति प्राप्त व्यक्तिले खोजतलास कार्य गर्दा अनुमतिपत्रमा उल्लिखित खनिज पदार्थबाहेक अन्य खनिज पदार्थ पत्ता लागेमा त्यसको जानकारी तीस दिनभित्र विभागलाई दिनु पर्नेछ र निजलाई त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्न प्राथमिकता दिइनेछ । तर त्यस्तो व्यक्तिलाई दफा १२ को उपदफा (३) बमोजिम तोकिएको खनिज पदार्थको खनिज कार्य गर्न अनुमति पाउने अधिकार हुनेछैन । टिप्पणी Active measures Goods