Legal Documents

कानुनी कागजात

Title नेपाल एजेन्सी ऐन २०१४(१९५७)
Legal Type नीति
Issue Agency वाणिज्य मन्त्रालय
Responsible Agency वाणिज्य मन्त्रालय
Issuing Date 2017-02-07
Download English नेपाल एजेन्सी ऐन २०१४(१९५७)
Download Nepali नेपाल एजेन्सी ऐन २०१४(१९५७)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
एजेन्सी दर्ता एजेण्ट, डिष्ट्रिव्यूटर, स्टकिष्ट, नोमिनी वा रेप्रिजण्टेटिभहरुले चीज वस्तुहरुको बिक्रीमा अनुचित फाइदा उठाउन नपाउने गर्नको निमित्त सो कामलाई नियन्त्रण र तत्सम्बन्धी अरु व्यवस्था समेत गरीसर्वसाधारण जनताको सुवधा र आर्थिक हित कायम राख्नको लागि (क) रुपैया १३० दर्ता (ख) को लागि रुपैया ५०० जमानत रूपमा (फिर्ता) Active measures Goods
एजेण्टमा नाम दर्ता गर्ने सेक्शन ४ - एजेण्टमा नाम दर्ता गर्ने ः (१) यो ऐन प्रारम्भ भएपछि कुनै एजेण्ट हुन चाहने व्यक्तिले एजेण्टमा आफनो नाम दर्ता गराउन तोकिएबमोजिम विवरणहरु खुलाई तोकिएको अधिकारी छेउ दरखास्त दिनुपर्छ । (२) उपदफा (१) बमोजिम कसैको दरखास्त पर्न आएमा तोकिएको अधिकारीले तोकिएको दस्तूर र धरौट दाखिल गराई सो दरखास्तवालालाई तोकिएबमोजिमको कबूलियत गराई एजेण्टमा नाम दर्ता गर्न सक्नेछ । (३) यस दफा अन्तर्गत एजेण्टमा नाम दर्ता गर्दा नेपालका नागरिकलाई प्राथमिकता दिइनेछ । टिप्पणी Active measures Goods
फाँटबारी दाखिल गर्ने सेक्शन 5 - फाँटबारी दाखिल गर्ने ः प्रत्येक रजिष्टर्ड एजेण्टले आएको, बिक्री भएको, मौज्दातमा रहेको चीज वस्तु र त्यसको दर भाउको फाँटबारी तोकिएको ढाँचामा तोकिएको समय समयमा अधिकारी छेउ दाखिल गर्नुपर्छ । टिप्पणी Active measures Goods