Legal Documents

कानुनी कागजात

Title बीउ बिजन ऐन, २०४५ (१९८८)
Legal Type नीति
Issue Agency कृषि विकास मन्त्रालय
Responsible Agency कृषि विकास मन्त्रालय
Issuing Date 2017-02-07
Download English बीउ बिजन ऐन, २०४५ (१९८८)
Download Nepali बीउ बिजन ऐन, २०४५ (१९८८)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
बीउ बिजनको बिक्री वितरण सम्बन्धी कारोबार गर्न अनुमतिपत्र लिनु पर्ने सेक्शन ११क. अनुमतिपत्र लिनु पर्ने ११क.१ कुनै व्यक्ति वा संस्थाले बीउ बिजनको बिक्री वितरण सम्बन्धी कारोबार गर्न चाहेमा तोकिए बमोजिमको दस्तुर सहित तोकिएको अधिकारी समक्ष निवेदन दिई तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र लिनु पर्नेछ । ११क.२ कसैले उपदफा ११क.१ बमोजिम अनुमति नलिई बीउ बिजन बिक्री वितरण गरेको पाइएमा त्यस्तो बीउ बिजन बाली निरीक्षकले जफत गर्नेछ । टिप्पणी Active measures Goods
सूचित नभएका बीउ बिजन बिक्री वितरण गर्न नपाइने सेक्शन ११ख. सूचित नभएका बीउ बिजन बिक्री वितरण गर्न नपाइने ः ११ख.१ कृषि अनुसन्धान प्रयोजनको लागि बाहेक कसैले पनि यस ऐन बमोजिम सूचित नभएका बीउ बिजन बिक्री वितरण गर्न पाइने छैन । ११ख.२ कसैले उपदफा ११ख.१ बमोजिम सूचित नभएका बीउ बिजन बिक्री वितरण गरेको पाइएमा त्यस्तो बीउ बिजन बाली निरीक्षकले जफत गर्नेछ । टिप्पणी Active measures Goods
सूचित बीउ बिजन निकासी वा पैठारी गर्न स्वीकृति लिनु पर्ने सेक्शन १५- सूचित बीउ बिजन निकासी वा पैठारी गर्न स्वीकृति लिनु पर्ने ः १५.१ कुनै किसिम वा जातको सूचित बीउ बिजन निकासी वा पैठारी गर्न चाहने व्यक्तिले तोकिएको अधिकारी समक्ष तोकिए बमोजिमको दस्तुर र विवरण सहित निकासी वा पैठारी गर्न स्वीकृतिको निमित्त निवेदन दिनु पर्नेछ । टिप्पणी Active measures Goods
बीउ बिजनको निकासी वा पैठारीमा नेपाल सरकारले रोक लगाउन सक्ने बीउ बिजन ऐन, २०४५ सेक्शन १५क.निकासी वा पैठारीमा रोक लगाउन सक्ने ः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालको कृषि कार्यलाई हानि वा प्रतिकूल प्रभाव पुर्याउने कुनै खास जातको बीउ बिजनको पैठारी गर्न वा कुनै खास कारणले निकासी गर्न नहुने कुनै सूचित जातको बीउ बिजन निकासी गर्न जोखिम विश्लेषणको आधारमा रोक लगाउन सक्नेछ । टिप्पणी Active measures Goods
सूचित बीउ बिजनको बिक्री वितरण सेक्शन १३. सूचित बीउ बिजनको बिक्री वितरण ः १३.१ सूचित बीउ बिजनको बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाले आफुले बिक्री वितरण गर्ने बीउको भाँडोमा देहायको विवरण उल्लेख गर्नु पर्नेछ ः– १३.१.१ बीउ बिजनको किसिम र जात, १३.१.२ दफा १२ बमोजिम तोकिएको न्यूनतम गुणस्तरको हद, १३.१.३ रासायनिक पदार्थ प्रयोग गरी उपचार गरिएको भए सोको विवरण, १३.१.४ तोकिए बमोजिमका अन्य कुराहरू । १३.२ उपदफा १३.१ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास क्षेत्रको लागि मात्र उपयुक्त हुने भनी प्रजनकले निर्धारण गरेको किसिम र जातको सूचित बीउ बिजन त्यसरी निर्धारण गरिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा बिक्री वितरण गर्न वा गराउन पाइने छैन टिप्पणी Active measures Goods