गृह पृष्ठसामग्रीहरूमापदण्डहरु Requirement of filling customs declaration form by foreign nationals willing to import archaeological objects within Nepal
View Measure
Name
विदेशी नागरिकले पुरातात्विक वस्तु नेपाल राज्यभित्र ल्याउन प्रज्ञापन–पत्र भर्नु पर्ने
Description
दफा १७ख - विदेशी नागरिकले पुरातात्विक वस्तु नेपाल राज्यभित्र ल्याउन प्रज्ञापन–पत्र भर्नु पर्ने ः (१) कुनै विदेशी नागरिकले इतिहास, कला, विज्ञान आदिको दृष्टिकोणबाट महत्व भएको पुरातात्विक वस्तु नेपाल राज्यभित्र ल्याउन चाहेमा प्रचलित कानून बमोजिम प्रज्ञापन–पत्र भरी ल्याउन सक्नेछ । (२) उपदफा (१) बमोजिम प्रज्ञापन–पत्र भरी ल्याएको पुरातात्विक वस्तु सो व्यक्तिले नेपाल राज्य बाहिर जाँदा आफ्नो साथमा लैजान सक्नेछ । (३) उपदफा (१) बमोजिम प्रज्ञापन–पत्र नभरी ल्याइएको पुरातात्विक वस्तु नेपाल बाहिर लैजान पाइने छैन ।