सेक्शन ११ख. सूचित नभएका बीउ बिजन बिक्री वितरण गर्न नपाइने ः ११ख.१ कृषि अनुसन्धान प्रयोजनको लागि बाहेक कसैले पनि यस ऐन बमोजिम सूचित नभएका बीउ बिजन बिक्री वितरण गर्न पाइने छैन । ११ख.२ कसैले उपदफा ११ख.१ बमोजिम सूचित नभएका बीउ बिजन बिक्री वितरण गरेको पाइएमा त्यस्तो बीउ बिजन बाली निरीक्षकले जफत गर्नेछ ।