४८. आयातमा मूल्य अभिवृद्धि कर लाग्नेः (१) नेपाल टद्ध......भित्र आयात हुने वस्तु वा सेवामाटछनेपालभित्र आपूर्ति भएको वस्तुवा सेवामाटटलाग्ने दरले कर लाग्नेछ । (२) आयात हुने वस्तु वा सेवामा कर निर्धारण गर्ने प्रयोजनको लागि मूल्य कायम गर्दा ऐनको दफा १२ को उपदफा (५) र (६) बमोजिमको प्रक्रिया अपनाई मूल्य कायम गरिनेछ । (३) आयात भएको वस्तुको मूल्य आयात हुँदाका अवस्थामा कायम गर्न नसकिएमा त्यस्ता वस्तुहरुमालाग्ने सबै प्रकारका कर वा महसूललाई पुग्ने गरी धरौटी लिएर मात्र त्यस्ता वस्तु नेपाल टठ......भित्र ल्याउनेअनुमति दिइनेछ । दर्ता भएको व्यक्तिले आयात गरेको वस्तु वा सेवाको मूल्य कायम नभएसम्म त्यस्तो वस्तु वासेवामा तिरेको कर कटृी गर्न पाउने छैन । (४) कुनै वस्तु आयात गर्दा धरौटी राखी आयात गरिएको भए मूल्य एकीन भएको मितिले एक वर्षसम्ममात्र कर कटृी दाबी गर्न सकिनेछ ।