सेकसन २४. (१) कुनै व्यक्तिले प्राप्त गरेको स्थायी लेखा नम्बरको प्रमाणपत्रमा उल्लिखित विवरणमा परिवर्तन भएमा परिवर्तन भएको मितिले पन्ध्र दिनभित्र सो व्यक्तिले सो कुराको जानकारी विभागलाई दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिमको जानकारी विभागले प्राप्त गरेपछि विभागले स्थायी लेखा नम्बरमा आवश्यक संशोधन गरी दिनु पर्नेछ ।