Legal Documents

View Procedure

Procedure Name चलचित्र जाँच
Description

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ 

१७. चलचित्र जाँच गराउनुपर्ने (१) स्वदेशी निर्माता वा वितरकले चलचित्र जाँच गराउनको लागि अनुसूची–१० बमोजिमको ढाँचामा सम्बन्धित चलचित्र जाँच समिति समक्ष दरखास्त दिनुपर्नेछ ।

 (२) प्रदर्शकले चलचित्र जाँच समितिबाट अनुमति पाएका चलचित्र मात्र प्रदर्शन गर्नुपर्नेछ ।

 (३) चलचित्र जाँच समितिले कुनै चलचित्र देहायका कुनै व्यक्तिलाई मात्र सार्वजनिक प्रदर्शन गर्न पाउने शर्त तोकी अनुमति दिन सक्नेछ र त्यसरी अनुमति दिएकोमा सम्बन्धित वितरक वा प्रदर्शकले सो चलचित्रको प्रचार प्रसार सामग्रीमा त्यस्तो कुरा स्पष्ट रूपमा देखिने गरी उल्लेख गर्नु पर्नेछः–

  1. सोह्र वर्ष उमेर पूरा गरेका व्यक्तिका लागि,
  2. अभिभावकको साथमा रहने गरी सोह्र वर्षभन्दा कम उमेरका   व्यक्तिका लागि,
  3. निश्चित पेशा वा क्षेत्रका व्यक्तिका लागि,
  4. सबैका लागि ।

(४) प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुभन्दा अगाडि चलचित्र जाँच समितिबाट प्राप्त चलचित्र जाँचपास प्रमाणपत्रको छायाँङ्कनप्रति पर्दामा देखाउनु पर्नेछ ।

(५) प्रदर्शकले चलचित्र जाँच समितिबाट जाँचपास गरेको चलचित्रलाई काटछाँट

गरी प्रदर्शन गर्नु हुँदैन ।तर एक पटक जाँच भएको चलचित्रलाई काटछाँट वा हेरफेर गर्नु परेमा चलचित्र जाँच समितिबाट पुनः जाँचपास गराई प्रदर्शन गर्न सकिनेछ ।

(६) प्रदर्शकले चलचित्र घरको सिट संख्याभन्दा बढी संख्यामा टिकट बिक्री गरी चलचित्र प्रदर्शन गराउन हुँदैन ।

Category Procedure


Title Description Create Date Update Date Issued By File
चलचित्र जाँच गराउनको लागि दिइने दरखास्त फारम चलचित्र जाँच गराउनको लागि दिइने दरखास्त फारमको ढाँचा 2017-05-11 2017-05-11 सूचना तथा सञ्चार मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
चलचित्रको जाँच प्रतिबन्ध सूचना तथा सञ्चार मन्त्रालय सेक्शन ८. चलचित्रको जाँच ः टिप्पणी चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ (१९६९) 9999-12-31 Goods