Legal Documents

View Procedure

Procedure Name बाटो इजाजतपत्रको
Description

सवारी तथा यातायात व्यवस्था व्यवस्थानियमावली, २०५४ (१९९७)

३०. बाटो इजाजतपत्रको लागि दरखास्त दिनः (१) ऐनको दफा ७६ बमोजिम बाटो इजाजतपत्र लिन चाहने सवारी धनी वा व्यवस्थापकले बाटो इजाजतपत्रका लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–३२ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।

(२) उपनियम (१) बमोजिम बाटो ईजाजतपत्रको लागि दरखास्त दिंदा सम्बन्धित सवारी धनी वा व्यवस्थापकले चालक तथा परिचालकहरूलाई अनुसूची–६२ बमोजिम दिएको नियुक्तिपत्रको प्रतिलिपि समेत संलग्न गर्नुपर्नेछ ।

(३) एउटा बाटो इजाजतपत्र प्रयोग गरिरहेको सवारीको धनी वा व्यवस्थापकले

सो बाटोमा सवारी नचलाई अर्को बाटोमा सवारी चलाउने भएमा त्यसरी सवारी चलाउने बाटो इजाजतपत्र लिनको लागि साविकको बाटो इजाजतपत्र दिने कार्यालयले दिएको सहमतिपत्र समेत संलग्न गर्नुपर्नेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File
बाटो इजाजत पत्रको लागि दिइने दरखास्त फाराम बाटो इजाजत पत्रको लागि दिइने दरखास्त फारामको ढाँचा 2017-05-16 2017-05-16 भौतिक पूर्वाधार र यातायात मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
बाटो इजाजतपत्रको लागि दरखास्त दिनः अनुमति आवश्यकता भौतिक पूर्वाधार र यातायात मन्त्रालय सेक्सन ३० बाटो इजाजतपत्रको लागि दरखास्त दिन टिप्पणी सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ (१९९७) 9999-12-31 Goods