Legal Documents

View Procedure

Procedure Name बिरुवाहरु आयात गर्न अनुमतिको लागि आवेदन
Description

बिरुवा संरक्षण नियमावली, २०६६

 नियाम ५.  पैठारी प्रवेश अनुमतिपत्रका लागि निवेदन दिने

(१) बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो,  झ्याउ, पीट आदि नेपालमा पैठारी गर्न चाहने व्यक्ति वा संस्थाले दईसय रुपैयाँ निवेदन दस्तुर संलग्न गरी प्रवेश अनुमतिपत्र प्राप्त गर्न कार्यालय प्रमुख समक्ष अनुसूची१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।  तर त्यस्तो वस्तु अनुसन्धान प्रयोजनको लागि पैठारी गर्ने भएमा यस उपनियम बमोजिमको निवेदन राष्ट्रिय प्लाण्ट क्वारेण्टाइन कार्यक्रमको प्रमुख समक्ष दिनु पर्नेछ ।

 

 (२) उपनियम (१) बमोजिम निवेदन दिंदा निवेदनको साथ देहायका कागजातहरु संलग्न गर्नु पर्नेछः

(क) पैठारीकर्ताको नागरिकताको प्रमाणपत्र वा राहदानीको प्रतिलिपि,

(ख) संस्थाको नामबाट पैठारी गर्न चाहनेले त्यस्तो संस्था दर्ता र  नवीकरण गरेको प्रमाणको पतिलिपि,

(ग) पैठारी गरिने बस्तुको अग्रिम बील बीजक (परफर्मा इन्भ्वाइस) को प्रतिलिपि,

(घ) बीउ विजन पैठारी गरिने भए बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रको सिफारिस,

(ङ) अनुसन्धानको लागि पैठारी गरिने भए अनसन्धान गर्ने व्यक्ति वा संस्थाको अनुरोधपत्र र नेपाल कृषि अनुसन्धान परिषद्बाट गरेकोसिफारिस ।  

(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन साथ संलग्न कागजात जाँचबुझ गर्दा कार्यालय प्रमुखले प्रवेश अनुमतिपत्र दिन मनासिब देखेमा बिरुवा वा बिरुवाजन्य उपजको लागि अनुसूची२ बमोजिमको ढाँचामा, वायोलोजिकल कन्ट्रोल एजेन्ट वा लाभदायक कीराको लागि अनुसूची३ बमोजिमको ढाँचामा, माटो, झ्याउ, पीट वा अन्य बिरुवा हुर्कने माध्यमका लागि अनुसूची४ बमोजिमको ढाँचामा र जर्मप्लाज्म, जीवित परिमार्जित वस्तु, अनुवांशिक परिमार्जित वस्तु वा ट्रान्सजेनिक पदार्थको अध्ययन अनुसन्धानको लागि अनुसूची५ बमोजिमको ढाँचामा प्रवेश अनुमतिपत्र दिनेछ ।

(४) कुनै व्यक्ति वा संस्थाले उपनियम (१) बमोजिम अग्रीम रुपमा पैठारी अनुमतिपत्र लिन नसकेको कारण देखाई उपनियम (२) बमोजिमका कागजातहरु संलग्न गरी प्रवेश नाकामा नै प्रवेश अनुमतिपत्र लिन निवेदन दिएमा त्यसरी अग्रीम रुपमा अनुमति लिन नसकेको कारण मनासिब देखिएमा कार्यालय प्रमुखले एक हजार रुपैँया दस्तुर लिई प्रवेश नाकामा उपनियम (३) बमोजिम अनुमतिपत्र दिन सक्नेछ ।  तर अनुसन्धानको प्रयोजनको लागि पैठारी प्रवेश अनुमतिपत्र नलिईकन यसउपनियम बमोजिम प्रवेश नाकाबाट अनुमतिपत्र दिईने छन ।

(५) उपनियम (३) बमोजिम पैठारी प्रवेश अनुमतिपत्र प्राप्त गर्ने व्यक्ति वा संस्थाले ऐनको दफा ७ को उपदफा (२) बमोजिम मन्त्रालयले तोकेको पैठारी सम्बन्धी शर्त तथा बन्देजको पालना गर्नु पर्नेछ ।

(६) उपनियम (३) बमोजिम जाँचबुझ गर्दा संलग्न गरिएका कागजात अपर्याप्त

भएको वा अन्य कारणबाट प्रवेश अनुमतिपत्र दिन उपयुक्त नदेखिएमा कार्यालय प्रमुखले सात दिनभित्र निवेदकलाई अनुसूची६ बमोजिमको ढाँचामा

 

 

आवश्यकताहरू / समर्थन दस्तावेज

(२) उपनियम (१) बमोजिम निवेदन दिंदा निवेदनको साथ देहायका कागजातहरु संलग्न गर्नु पर्नेछः

(क) पैठारीकर्ताको नागरिकताको प्रमाणपत्र वा राहदानीको प्रतिलिपि,

(ख) संस्थाको नामबाट पैठारी गर्न चाहनेले त्यस्तो संस्था दर्ता र  नवीकरण गरेको प्रमाणको पतिलिपि,

(ग) पैठारी गरिने बस्तुको अग्रिम बील बीजक (परफर्मा इन्भ्वाइस) को प्रतिलिपि,

(घ) बीउ विजन पैठारी गरिने भए बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रको सिफारिस,

(ङ) अनुसन्धानको लागि पैठारी गरिने भए अनसन्धान गर्ने व्यक्ति वा संस्थाको अनुरोधपत्र र नेपाल कृषि अनुसन्धान परिषद्बाट गरेकोसिफारिस 

 

Category Procedure


Title Description Create Date Update Date Issued By File
बिरुवाहरु को आयातको लागि अनुमतिको बिरुवाहरु को आयातको लागि अनुमतिको ढाँचा 2016-04-20 2016-11-21 कृषि विकास मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
बिरुवाहरु को आयातको लागि अनुमति अनुमति आवश्यकता कृषि विकास मन्त्रालय बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र आसारपसार गर्दा शत्रुजीवको प्रवेश, स्थापना र फैलावट राक्न, तिनीहरुको प्रभावकारी नियन्त्रणको लागि उपयुक्त तरिकाहरु अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजहरुको व्यापार प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था वैधता 3 महिना बिरुवा संरक्षण नियमावली, २०६६ (२०१०) 9999-12-31 Goods