Legal Documents

View Procedure

Procedure Name कन्साइनमेन्ट लैजाने अनुमतिको आबेदन
Description
बिरुवा संरक्षण नियमावली, २०६६
नियम ९.    कन्साइनमेन्ट लैजाने अनुमति सम्बन्धी व्यवस्था (१) बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुको पारवहनमा रहेको कन्साइनमेन्ट नेपालको बाटो भएर अन्य कुनै मुलुकमा लैजान  चाहने व्यक्ति वा संस्थाले एकहजार रुपया दस्तुर संलग्न गरी अनुसूची–१४ बमोजिमको ढाँचामा कार्यालय समक्ष निवेदन दिनु पर्नेछ ।   
 
(२) उपनियम (१) बमोजिम निवेदन दिंदा देहायका कागजात संलग्न हुनु पर्नेछः–
(क) कन्साइनमेन्ट पैठारी गर्ने मुलुकले जारी गरेको पैठारी 
अनुमतिपत्र,
(ख) कन्साइनमेन्ट निकासी गर्ने मुलुकले जारी गरेको वस्तुको 
स्वस्थता प्रमाणपत्र,
(ग) कन्साइनमेन्टको बिलबिजक,
(घ) ढुवानीको साधन, तरीका र प्रयोग गर्ने बाटो, 
(ङ) कन्साइनमेन्टमा रहेको वस्तुको उत्पत्तिको प्रमाणपत्र ।
 
(३) कार्यालयले उपनियम (१) बमोजिम प्राप्त निवेदनसाथ संलग्न कागजात र 
कन्साइनमेन्ट ठीक दुरुस्त भए नभएको जाँचबुझ गर्दा ऐनको दफा १३ को उपदफा (३) बमोजिमको अवस्था विद्यमान भएमा त्यस्तो कन्साइनमेन्ट नेपालको बाटो भएर अन्य  मुलुकमा लैजान अनुसूची–१५ बमोजिमको ढाँचामा अनुमति दिनेछ ।
 
(४) उपनियम (३) बमोजिम दिईएको अनुमति बमोजिम कुनै बिरुवा, बिरुवाजन्य  उपज वा अन्य वस्तुको कन्साइनमेन्ट नेपालको बाटो भएर अन्य मुलुकमा लैजाने क्रममा नेपालभित्र कुनै कारणबाट टटफुट भइ त्यसमा रहेको शत्रुजीव बाहिर निस्कन वा फैलआऊन सक्ने सम्भावना भएमा त्यस्तो कन्साइनमेन्ट लैजाने व्यक्तिले तुरुन्त नजिकको कार्यालय वा जिल्ला कृषि विकास कार्यालय वा कृषि सेवा कन्द्रमा सूचना गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम कुनै सूचना प्राप्त हुन आएमा कार्यालय वा जिल्लकृषि विकास कार्यालय वा कृषि सेवा केन्द्रले तुरुन्त त्यस्तो कन्साइनमेन्टको निरीक्षण गशत्रुजीव पैmलन नसक्ने व्यवस्था गरी त्यसको जानकारी यथाशीघ्र एक तह माथिल्लनिकाय वा कायालय र संगठनलाई दिनु पर्नेछ । 
(६) नेपालको बाटो भएर लजान लागिएको कन्साइनमेन्ट टटफुट भइ उपनिय(५) बमोजिमको अवस्था परेमा त्यसमा निषेधित शत्रुजीव बाहिर निस्कन नपाउने गपुनः प्याकेजिङ्ग गरेर मात्र त्यस्तो कन्साइनमेन्ट लैजान दिईनेछ । त्यसरी पुनः प्याकेजिगर्दा गराउदा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाले ब्यहोर्नु पर्नेछ ।
 
Category Procedure


Title Description Create Date Update Date Issued By File
कन्साइनमेन्ट लैजाने अनुमतिको लागि आवेदन कन्साइनमेन्ट लैजाने अनुमतिको लागि आवेदनको ढान्चा 2016-04-21 2016-10-04 कृषि विकास मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
कन्साइनमेन्ट लैजाने अनुमति अनुमति आवश्यकता कृषि विकास मन्त्रालय बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र आसारपसार गर्दा शत्रुजीवको प्रवेश,स्थापना र फैलावट राक्न, तिनीहरुको प्रभावकारी नियन्त्रणको लागि उपयुक्त तरिकाहरु अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजहरुको व्यापार प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था Comments बिरुवा संरक्षण नियमावली, २०६६ (२०१०) 9999-12-31 Goods