Legal Documents

View Procedure

Procedure Name निकासी वा पैठारी भएको मालवस्तु पुनः निकासी वा पैठारी गर्नेसम्बन्धी व्यवस्थाः
Description

भन्सार नियमावली, २०६४ (२००७)

नियाम ८ - निकासी वा पैठारी भएको मालवस्तु पुनः निकासी वा पैठारी गर्नेसम्बन्धी व्यवस्थाः (१) नपालभित्र पैठारी भएको मालवस्तु जुन उद्दश्यको लागि पैठारी गरेको हो सो उद्दश्य परिपूर्ति हुन नसकेको वा प्रयोगशाला परीक्षणबाट गणस्तरहीन ठहरिएकोले त्यस्तो मालवस्तुको शोधभर्ना स्वरुप साही प्रकारको अका मालवस्त पैठारी गर्न वा सो वापत विदेशी मुद्रा भुक्तानी भैसकेको भए त्यस्तो विदेशी मुद्रा फिर्ता ल्याउन शर्तमा भन्सार कार्यालयको प्रमुखले त्यस्ता मालवस्तु पैठारी भएको वा भन्सार कार्यालयमा आइपुगेको मितिले नब्वे दिनभित्र महसुल नलिइ फिर्ता लैजान दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम मालवस्तु फिर्ता भएकोमा त्यसरी फिर्ता भएको मितिले छ महिनाभित्र शोधभर्नास्वरुप सोही प्रकारको अर्को मालवस्तु पैठारी नगरेमा वा त्यस्तो मालवस्तु पहिले पैठारी गर्दा विदेशी मुद्रा  भुक्तानी भैसकेका भए त्यस्तो विदशी मुद्रा फिर्ता नल्याएमा सम्बन्धित भन्सार अधिकते प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न  सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम फिर्ता पठाउन पर्ने मालवस्तु फिर्ता गर्न अगावै विदेशको आपूर्तिकर्ते सोको शोधभर्ना स्वरुप सोही प्रकारको अर्को मालवस्तु पठाएको रहेछ भने  पैठारीकर्ताको निवेदन र पेश भएको  कागजातबाट त्यस्तो मालवस्तु शोधभर्ना स्वरुप पैठारी भएको दखिएमा लाग्ने महसुल लिर्इ भन्सार अधिकिर्ते जाँचपास गर्न   सक्नेछ । 

(४) उपनियम (३) बमोजिम शोधभर्नास्वरुप मालवस्तु पैठारी भैसकेपछि पहे पैठारी भएको मालवस्तु उपनियम (१) बमोजिमको म्यादभित्र फिर्ता पठाँउदा भन्सार महसुल लाग्नेछैन र पहिले पैठारी गर्दा भन्सार महसुल तिरिसकेको भए त्यस्ता भन्सार महसुल फिर्ता दिइनेछ । तर उपनियम (१) बमोजिमको म्यादभित्र फिर्ता नपठार्इ सो अवधिपछि फिर्ता पठाएमा सो मालवस्तु पैठारी गर्दा भन्सार महसुल तिरिसकेको भए पनि त्यस्ता भन्सार महसुल फिर्ता दिइने छैन । 

(५) नपालभित्र वा विदेशी मलुकमा लाग्ने हाटबजार, मेला वा प्रर्दशनीमा बिक्री वितरण वा प्रदर्शनिको निमित्त कुन मालवस्तु पैठारी वा निकासी गर्न परेमा मालवस्तुधनीले पैठारी वा निकासीको प्रयोजन खुलाइ प्रज्ञापनपत्रमा उल्लेखित मालवस्तु भन्सार कार्यालयमा दाखिला गर्न पनेछ ।

(६) उपनियम (५) बमोजिम पैठारी वा निकासी हुने मालवस्तुमा लाग्ने महसुल धरौटी लिइनेछ ।

(७) हाटवजार, मेला वा प्रदशनीमा बिक्री वितरण गर्ने पैठारी वा निकासी गरिएको मालवस्तु हाटबजारको हकमा भालिपल्ट र मेला वा प्रदशनीका हकमा त्यस्तो मेला वा प्रदशनी समाप्त भएको मितिले बाटाको म्यादवाहेकतीस दिनभित्र पनः पैठारी वा निकासी गर्न भन्सार कार्यालयमा दाखिला गरेमा भन्सार कार्यालयल पनः पैठारी वा निकासी नभएको मालवस्तमा लाग्ने महसुल धरौटी रहेको रकम मध्यबाट कटार्इ बाँकी धरौटी रकम मालवस्तुधनीलाइ फिर्ता गर्न पर्नेछ ।

(८) यस नियममा अन्यत्र जनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वा नेपाल सरकारको पुर्ण वा अधिकाँश स्वामित्व भएको सार्वजनिक सँस्था वा कुटनीतिक नियोगको सिफारिसमा यस नियमबमाजिम मालवस्तुनिकासी वा पैठारी गर्दा भन्सार अधिकिर्तले अभिलेख मात्र राखी लाग्ने महसुल नलिर्इ निकासी वा पैठारी गर्न दिन सक्नेछ । निकासी भएका मालवस्तु विदेशमा न खपत भएको वा पैठारी भएको मालवस्तु नपालभित्र खपत भएकोअवस्थामा त्यस्ता खपत भएको मालवस्तुमा लाग्ने महसल सम्बन्धित निकासीकर्ता वा पैठारीकर्ताबाट असुल गरिनेछ ।

(९) यस नियमबमोजिम मालवस्तु पैठारी गर्दा र निकासी गर्दा एउटा भन्सार कार्यालयबाट गर्नु पर्नेछ ।

(१०) उपनियम (९) बमिजिम एउटै भन्सार कार्यालयबाट निकासी वा पैठारी गर्न नसकिने अवस्था भएमा  कारण खोली सम्बन्धित व्यक्तिले विभागमा निवेदन दिन सक्नेछ । त्यस्तो निवेदनमा उल्लेख भएको कारण मनासि देखिएमा विभागले कुनै अर्को भन्सार कार्यालयबाट समेत यस नियमको प्रयोजनको लागि त्यस्तो मालवस्तु निकासी वा पैठारी गर्न अनुमति दिन सक्नेछ । 

(११) कुनै मालवस्तु पैठारी हँदा सो मालवस्तुको उपयोग र परिवहनको लागि त्यस्तो मालवस्तुसँग आपतिहन, बारम्बार प्रयोगमा आउने र मालवस्तुको प्रयोग गर्दासम्म खालि गर्न नसकिने किसिमको आधानपात्र (कन्टेनर) पछि निकासी हने शर्तमा पठारी गदा लाग्ने महसुल वापत सो रकम बराबरको बैङ्क जमानत लिर्इ प्रज्ञापनपत्रमा निकासी हुने अवधि ताकी महसुल नलिइ पैठारी गर्न भन्सार अधिकतले अनुमति दिन सक्नेछ । यसरी बैङ्क जमानतराखी पैठारी भएको आधानपात्र प्रज्ञापनपत्रमा ताकिएका म्यादभित्र निकासी नभएमा लाग्ने महसुल बैङ्क जमानतबाटअसुल गरिनेछ । 

तर त्यस्तो आधानपात्रभित्र रहको मालवस्तु उपभोग गर्न व्यक्तिले सो आधानपात्रबाट अन्य आधानपात्रमा खन्यार्इ उपभोग गर्न सकिने रहेछ भने त्यस्तो मालवस्तुको आधानपात्रमा यस नियमबमाजिमको सुविधा प्रदान गरिने छैन ।

(१२) कुनै उधोगले स्वप्रयाजनको लागि उपनियम (११) बमोजिमको खाली आधानपात्रमा मालवस्तु भरी ल्याउनको लागि त्यस्तो आधानपात्र निकासी गर्न चाहेमा सो व्यहारा खुलाइ भन्सार अधिक्रित समक्ष निवदन दिनु पर्नेछ ।

(१३) उपनियम (१२) बमाजिम निवेदन प्राप्त हुने आएमा सम्बन्धित भन्सार अधिक्र्तले त्यस्तो खाली आधानपात्रको मल्यको पाँच प्रतिशतले हुने रकम नगद धरौटी वा सो रकम बराबरकाकम्तीमा छ महिनाका बैङ्क जमानत लिइ तीन महिनासम्मको म्याद दिर्इ सो म्यादभित्र त्यस्ता आधानपात्रमा मालवस्तु भरी पनः पैठारी गर्न शर्तमा त्यस्तो आधानपात्र निकासी गर्न अनुमति दिनपर्नेछ । 

(१४) कुनै कारणले उपनियम (१३) बमाजिमको म्यादभित्र त्यस्तो आधानपात्र पुनः पैठारी गर्न नसकेको कारण सहित सम्बन्धित उद्यागले म्याद थपको लागि निवेदन दिएमा र त्यस्ता निवेदन जाँचबुझ गर्दा निवेदनको व्यहारो मनासिव देखिएमा सम्बन्धित भन्सार कार्यालयको प्रमुखले बढीमा एक महिनाको म्याद थप गरिदिन सक्नेछ ।

(१५) उपनियम (१४) बमोजिमको म्यादभित्र सम्बन्धित उधोगले त्यस्तो आधानपात्रमा मालवस्तु भरी पनः पैठारी गरेमा भन्सार अधिकिर्त सो मालवस्तुमा लाग्ने महसुल असुल गरी उपनियम (१३) बमाजिम त्यस्तो उधोगले नगद धरौटी  राखेको भए त्यस्तो धरौटी  फिर्ता दिनेछ र नगद धरौटीका सट्टा  बङ्क जमानत राखेको भए त्यस्तो जमानत फुकुवा गर्नेछ ।

(१६) उपनियम (१४) बमोजिमको म्यादभित्र सम्बन्धित उधोगले त्यस्तो आधानपात्र पनः पैठारी गरी नल्याएमा भन्सार अधिर्कितल त्यस्ता उधोगले  राखेका नगद धरौटी राजस्व खातामा जम्मा गृ।न पर्नेछ र नगद धरौटीका सट्टा बौङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय सँस्थाबाट त्यस्तो रकम असुल गर्न पर्नेछ । त्यस्तो आधानपात्र  त्यस्तो म्याद नाघे पछि पनः पैठारी गरी ल्याएको भएमा भन्सार अधिर्कितले त्यस्ता उधोगले राखेको नगद धरौटी राजस्व खातामा जम्मा गर्न पर्नेछ र नगद धरौटी  नराखी बैङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय सँस्थाबाट त्यस्ता रकम असुल गरी आधानपात्रमा ल्याएको मालवस्तुमा लाग्ने महसुल लिर्इ जाँचपास गर्न सक्नेछ ।

(१७) कुनै पठारीकर्ताले आफुले पठारी गरको बस वा ट्रकको चेसिस पैठारी गरेको मितिले तीन महिनाभित्र बडी बनाउनको लागि निकासी गर्न चाहेमा त्यस्तो चेसिस पैठारी गर्दाका प्रज्ञापनपत्र सँलग्न गरी भन्सार अधिर्कित समक्ष निवेदन दिन पर्नेछ । 

(१८) उपनियम (१७) बमोजिम निवेदन प्राप्त हन आएमा भन्सार अधिर्कितले बस वा ट्रकको  चसिसको मल्यका पाँच प्रतिशतले हने रकम नगद धरौटी वा सो बराबरको बैङ्क जमानत लिर्इ छ महिनाको म्याद दिर्इ बडी बनार्इ पनः पैठारी गर्ने शर्तमा निकासी गर्न अनुमति दिन पर्नेछ ।

(१९) उपनियम (१८) बमोजिम निकासी भएको बस वा ट्रकको चेसिसबाट छ महिनाभित्र बडी बनार्इ पनः पैठारी गरेमा भन्सार अधिर्कितले बडी बनाइ ल्याँउदा लागको मुल्यमा लाग्ने महसुल  असुल गरी पैठारीकर्ताले नगद धरौटी रकम राखेको भए त्यस्तो नगद धरौटी  फिर्ता दिनेछ र नगद धरौटीका  सट्टा बैङ्क जमानत राखेको भए त्यस्तो बैङ्क जमानत फुकवा गर्नेछ । 

(२०) उपनियम (१८) बमोजिमका म्यादभित्र पैठारीकर्ताले त्यस्तो बस वा ट्रकका बडी बनाइ पनः पैठारी गरी नल्याएमा भन्सार अधिर्कितले निजले राखको नगद धरौटी राजस्व खातामा जम्मा गर्न पर्नेछ र नगद धरौटीको  सट्टा बैङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय सँस्थाबाट त्यस्तो रकम असुल गर्नु पर्नेछ । त्यस्तो बस वा ट्रकका चेसिस यस नियम बमोजिमको म्याद नाघे पछि पनः  पैठारी गरी ल्याएकोमा भन्सार अधिर्कितल निजले राखेको नगद धरौटी राजस्व खातामा जम्मा गर्न पर्नेछ र नगद धरौटीका  सट्टा बैङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय सस्थाबाट त्यस्तो रकम  असुल गरी बस वा ट्रकका बडी बनार्इ ल्याउदा लागेको मल्यमा लाग्ने महसुल असुल गरी जाँचपास गर्न सक्नेछ । 

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
निकासी वा पैठारी भएका मालवस्तु पुन: निकासी वा पैठारी गर्ने सम्बन्धी व्यवस्था औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम भन्सार प्रशासनलाई व्यवस्थित, पारदर्शी एवं उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सुरक्षित एवं सहज बनाउन भन्सार सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न निकासी वा पैठारी भएका मालवस्तु पुन: निकासी वा पैठारी गर्ने सम्बन्धी व्यवस्था भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 Goods