Legal Documents

View Procedure

Procedure Name पैठारी भएका मालवस्तुको प्रमाणपत्र दिने सम्बन्धी कार्यविधि
Description

भन्सार नियमावली, २०६४

नियम ५८- बढी असुली भएको भन्सार महसुल वा जरिवाना फिर्ता दिइनेः

(१) कुनै निकासीकर्ता वा पैठारीकर्ताले मालवस्तु निकासी वा पैठारी गर्दा प्रचलित कानुनबमोजिम तिर्नु बुझाउनु पर्नेभन्दा बढी भन्सार महसुल वा जरिवाना असुल भएको रहेछ भने त्यसरी बढी असेल भएको रकम फिर्ता पाउन सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिन पर्नेछ । 

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि भन्सार अधिकारी आवश्यक जाँचबुझ गरी फिर्ता दिनुपर्ने ठहर्याए जति रकम फिर्ता दिनुपर्ने स्पष्ट कारण खोली लिखित निणय गरी त्यसरी बढी असुल भएको रकम सम्बन्धित व्यक्तिलाइ निवेदन   प्राप्त भएको मितिल पन्ध्र दिनभित्र फिर्ता दिनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम रकम फिर्ता दिएकोमा फिर्ता दिनुको कारणसहित सोको जानकारी तरुन्त महानिर्देशकलार्इ दिनु पर्नेछ ।

(४) उपनियम (१) बमाजिम प्राप्त निवेदन उपर जाँचबझ गर्दा निवेदकको मागबमोजिमको रकम निजलाइ फिर्ता दिनुपर्ने नदेखिएमा निवेदकलार्इ निवेदन प्राप्त भएको पन्ध्र दिनभित्र सोका लिखित जानकारी दिनु पर्नेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
बढी असुली भएको भन्सार महसुल वा जरिवाना फिर्ता औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम कुनै निकासीकर्ता वा पैठारीकर्ताले मालवस्तु निकासी वा पैठारी गर्दा प्रचलित कानुनबमोजिम तिर्नु बुझाउनु पर्नेभन्दा बढी भन्सार महसुल वा जरिवाना असुल भएको रहेछ भने त्यसरी बढी असेल भएको रकम फिर्ता पाउन सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिन पर्नेछ टिप्पणी भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 Goods