Legal Documents

View Procedure

Procedure Name जरिवाना वा छुट रकम असुल गर्ने सम्बन्धी
Description

भन्सार नियमावली, २०६४

नियम ५७- जरिवाना वा छुट रकम असुल गर्ने सम्बन्धी कार्यविधिः (१) भन्सार कार्यालयमा निकासीकर्ता वा पैठारीकर्ताले तिर्नु वुझाउने पर्ने महसुल गणितीय भुलबाट वा वस्तु वर्गीकरण शीर्षक वा उपशीर्षक फरक परेर वा अन्य कुनै कारणले छुट भएको पछि दखिएमा वा निजले बझाउनुपर्ने कुने जरिवानाको रकम बुझाउन बाँकी भएमा भन्सार अधिकिर्तले त्यस्तो जानकारी पाएपछि जरिवाना वा छुट भएको महसुल दाखिला गर्न सम्बन्धित निकासीकर्ता वा पैठारीकर्ता वा निजको भन्सार एजेन्टलार्इ अबिलम्ब लिखित सुचना दिनु पर्नेछ । 

(२) उपनियम (१) बमोजिमका सुचना प्राप्त गर्ने व्यक्तिले यस्तो सुचना पाएको पन्ध्र दिनभित्र त्यस्तो रकम भन्सार कार्यालयमा बयझाउन पर्नेछ । त्यस्तो रकम तिर्न बुझाउन नपर्ने वा पहिले नै बुझाइसकेको भए सोही व्यहाराको जानकारी र सोका वस्तुगत आधार प्रमाणसमेत सुचना पाएको पन्ध्र दिनभित्र भन्सार अधिकतसमक्ष पेश गर्नुपर्नेछ ।  

(३) उपनियम (२) बमोजिम रकम तिर्न बुझाउनु नपर्ने वा पहिले न बझाइसकेको जानकारी प्रमाणसहित प्राप्त भएमा भन्सार अधिकिर्तले जाँचबुझ गरी व्यहोरा सत्य भएमा त्यस्तो रकम तिर्न नर्पने जानकारी निवेदकलर्इ गराउने छ र निवेदकको व्यहोरा र प्राप्त प्रमाण मनासिव नभएमा उक्त रकम दाखिला गर्न पनः सात दिनको म्याद दिर्इ सुचना  गर्नुपर्नेछ । यस्तो सुचना पाएपछि सम्बन्धित व्यक्तिले म्यादभित्र त्यस्तो रकम दाखिला  गर्नुपर्नेछ । यसरी

छुट भएको महसुल म्यादभित्र नबुझाउने व्यक्तिको जुनसुकै भन्सार कार्यालयबाट हुने कारोवार रोक्का गर्न वा जुनसुकै सरकारी कार्यालयमा रहेको निजको सम्पत्तिबाट असुलउपर गर्न सकिनेछ ।

(४) जरिवाना वा छुट महसुल बुझाउने यस नियम बमोजिम सम्बन्धित भन्सार एजेन्टलार्इ सुचना गरेकोमा निजले सो सुचना तुरुन्त सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालार्इ उपलब्ध गरार्इ निर्धारित म्यादभित्र त्यस्तो महसुल रकम दाखिला गर्न गराउन र त्यस्तो जरिवाना वा छुट महसुल असल गर्न प्रयोजनको लागि आवश्यक परेमा सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाइ भन्सार कार्यालयमा उपस्थित गराउन सहयोग गर्न सो भन्सार एजैन्टको कर्तव्य हुनेछ ।\

(५) उपनियम (३) बमोजिम जरिवाना वा छुट महसुल असुल हुन नसकेमा त्यस्तो बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।

(६) कुनै निकासीकर्ता वा पैठारीकर्ताबाट छुट महसुल असुल गर्न बाँकी रहेकोमा यस नियमबमोजिम म्यादभित्र दाखिल नगरेको तथ्य जानकारी हुँदाहुँदै भन्सार कार्यालयको प्रमुखको आदेशबिना निजको मालवस्तु जाँचपास गर्ने भन्सार कर्मचारीलाइ प्रचलित कानुनबमोजिम विभागीय सँजाय हुनेछ ।  

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
Recovering penalty or shortfall of the customs duty औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम The exporter or importer or their customs agent, in case of shortfall in the amount to be deposited as customs duty because of mathematical error, or due to the difference in the classification head or sub-head, or for other reasons, or the penalty amount due; should be immediately notified by the customs officer to deposit the penalty or the shortfall in the customs duty, as soon as the customs officer knows about it. Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 Goods