Legal Documents

View Procedure

Procedure Name भन्सार कार्यालयबाट धरौटी रकम फिर्ता
Description

भन्सार नियमावली, २०६४

नियम ५७- धराटी रकम फिर्ता दिन प्रक्रियाः (१) एन तथा यस नियमावलीबमोजिम कुनै व्यक्तिले भन्सार कार्यालयमा राखेको धरौटी फिर्ता लिनको लागि त्यस्तो धरौटीको प्रयोजन समाप्त भएको एक वर्षभित्र धरौटी फिर्ता पाउनुपर्ने कारण र फिर्ता पाउनुपर्ने रकमसमेत उल्लेख गरी भन्सार अधिकतसमक्ष निवेदन दिनु पर्नेछ । यस्तो निवेदनको साथमा भन्सार कार्यालयमा धरौटी राखेको निस्सा र धरौटी फिर्ता हनुपर्ने कुनै आधार प्रमाण भए सोसमेत सँलग्न गर्नु  पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि भन्सार अधिकतले सात दिनभित्र निवेदकको मागबमोजिम धरौटी रकम फिर्ता दिनुपर्ने हो होइन भन्ने निर्णय गरी धरौटी फिर्ता दिनुपर्ने देखिएमा निर्णय भएको मितिले तीन दिनभित्र फिर्ता दिनु पर्नेछ । यदि धरौटी रकम फिर्ता दिनुपर्ने नभएमा निवेदकलार्इ कारणसहितको लिखित जानकारी दिनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिमका म्यादभित्र फिर्ताको लागि निवेदन नपरेका धरौटी रकमको फेहरिस्त तयार गरी भन्सार अधिकतल निणय गरेर पछि प्रमाण पुर्याइ फिर्ता माग्न आएमा फिर्ता दिने गरी प्रत्यक आर्थिक वर्षको अन्त्यमा त्यस्तो धरौटी रकम राजस्व खातामा जम्मा गर्नु पर्नेछ ।  

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
भन्सार कार्यालयबाट धरौटी रकम फिर्ता औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम एन तथा यस नियमावलीबमोजिम कुनै व्यक्तिले भन्सार कार्यालयमा राखेको धरौटी फिर्ता लिनको लागि त्यस्तो धरौटीको प्रयोजन समाप्त भएको एक वर्षभित्र धरौटी फिर्ता पाउनुपर्ने कारण र फिर्ता पाउनुपर्ने रकमसमेत उल्लेख गरी भन्सार अधिकतसमक्ष निवेदन दिनु पर्नेछ । यस्तो निवेदनको साथमा भन्सार कार्यालयमा धरौटी राखेको निस्सा र धरौटी फिर्ता हनुपर्ने कुनै आधार प्रमाण भए सोसमेत सँलग्न गर्नु पर्नेछ । Comment भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 Goods