Legal Documents

View Procedure

Procedure Name महसुल नलाग्ने
Description

भन्सार ऐन, २०६४ (२००७)

दफा ७ महसुल नलाग्ने (१) कुनै पैठारीकर्ताले आफूले पैठारी गरेको मालवस्तु भन्सार कार्यालयबाट नछुटाई नेपाल सरकारको हुने गरी भन्सार कार्यालयमै छाड्न निवेदन दिएमा त्यस्तो मालवस्तुमा महसुल लाग्नेछैन ।

(२) उपदफा (१) बमोजिम छाडिएको मालवस्तु जफत भएको मानिनेछ । त्यस्तो मालवस्तु नेपाल सरकारले आपै प्रयोग गर्न वा यस ऐन बमोजिम भन्सार अधिकृतले लिलाम विक्री गर्न सक्नेछ । तर त्यस्तो मालवस्तु प्रयोगमा आउन नसक्ने वा लिलाम बिक्री समेत हुन नसक्ने अवस्थाको रहेछ भने भन्सार अधिकृतले भन्सार कार्यालयबाट तोकिएबमोजिम हटाउँन वा नष्ट गर्न सक्नेछ र त्यसरी हटाउँन वा नष्ट गर्न लाग्ने खर्च सम्बन्धित पैठारीकर्ताबाटै असुल उपर गरिनेछ ।

(३) कुनै मालवस्तु चलान गर्दा कम भएको, बाटोमा दुर्घटना वा विपद्मा परी टुटफुट भई व्यापारिक रुपमा मूल्यहीन भएको वा परिमाण वा तौलमा कमी भएको वा चोरी भई परिमाण कम भएको भएमा तोकिएको प्रमाण सहित तोकिएको प्रक्रिया पूरा गरी तोकिएको समयावधिभित्र पैठारीकर्ताले निवेदन दिएमा भन्सार अधिकृतले त्यस्तो क्षति वा घटी भएको वा व्यापारिक रुपमा मूल्यहीन भएका मालवस्तुको तोकिए बमोजिम महसुल छुट दिन वा असुल भइसकेको भए फिर्ता दिन सक्नेछ । (४) उपदफा (३) बमोजिम नोक्सानी भएको परिमाणको मालवस्तु जुन उद्देश्यका लागि पैठारी भएको हो सो उद्देश्य पूरा नहुने तर रद्दी वा पत्रुको रुपमा वा अन्य कुनै वैकल्पिक उपयोगमा प्रयोग हुन सक्ने अवस्थाको भएमा भन्सार अधिकृतले सोही रुपमा त्यस्तो मालवस्तुको भन्सार मूल्य कायम गरी लाग्ने महसुल असुल गर्न सक्नेछ । 

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
महसुल नलाग्ने औपचारिकता आवश्यकता भन्सार विभाग कुनै पैठारीकर्ताले आफूले पैठारी गरेको मालवस्तु भन्सार कार्यालयबाट नछुटाई नेपाल सरकारको हुने गरी भन्सार कार्यालयमै छाड्न निवेदन दिएमा त्यस्तो मालवस्तुमा महसुल लाग्नेछैन । Comment भन्सार ऐन २०६४ (२००७) 9999-12-31 Goods