Legal Documents

View Procedure

Procedure Name पशु निकासी गर्दा पालन गर्नु पर्ने शर्तहरू
Description

पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६

नियम १४ - निकासी गर्दा पालन गर्नु पर्ने शर्तहरू (१) निकासीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पर्दाथ वा पशु उत्पादन सामग्री निकासी गर्दा देहायका शतहरू पालन गर्नु पर्नेछ

(क) निकासी गर्न लागेको पशुको किसिम, जाति, प्रजाति र संख्याका  विवरण सहित निकासी गरिने नाका सहित सम्भावित मिति बारे सम्बन्धित क्वारेन्टाइन अधिकृतलाई तीस दिन अगावै सूचना दिनु पर्ने,

(ख) पशुको हकमा क्वारेन्टाइन अधिकृतले परीक्षण गरी निकासी योग्य छ भनी देखिने गरी उपयुक्त चिन्ह लगाएको र भेटनरी अधिकृतबाट निरोगिताको प्रमाणपत्र प्राप्त गरेको हुनु पर्ने,

(ग) पशु, पशुजन्य पदार्थ  वा जैविक पदार्थ वा पशु उत्पादन सामगी निकासी गर्दा प्रयोग गरिने सवारी साधन निःसंक्रमण गरिएको हुनु पर्ने,

(घ) निकासी गरिने पशुजन्य पर्दाथ वा पशु उत्पादन सामग्री क्वारेन्टाइन अधिकृतद्वारा परीक्षण गराउनु पर्ने, र 

(ङ) पशु ढुवानी गर्न प्रयोग गरिने परिवहन साधन प्राविधिक दृष्टिकोणले उपयुक्त हुनु पर्ने । 

(२) यस नियम बमोजिम निकासी भएको पशु, पशुजन्य पदार्थ  वा जैविक क पदार्थ वा पशु उत्पादन सामग्रीका अभिलेख सम्बन्धित क्वारन्टाइन अ धिकृतले राख्नु पर्नेछ ।  

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
पशुजन्य पदार्थ वा जैविक पर्दाथ वा पशु उत्पादन सामग्री निकासी गर्दा पालन गर्नु पर्ने शर्तहरू औपचारिकता आवश्यकता पशुपन्छी विकास मन्त्रालय निकासीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पर्दाथ वा पशु उत्पादन सामग्री निकासी गर्दा देहायका शर्तहरू पालन गर्नु पर्नेछ Comments पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ (२०००) 9999-12-31 Goods