Legal Documents

View Procedure

Procedure Name पशु पैठारी गर्दा पालन गर्नु पर्ने शर्तहरू
Description

पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६

नियम.१५ -  पैठारी गर्दा पालन गर्नु पर्ने शर्तहरू ः (१) पैठारीकर्ताले पशु, पशुजन्य पदार्थ  वा जैविक पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्दा देहायका शर्तहरू पालन गर्नु  पर्नेछ ः–

 (क) पैठारी हुने पशुहरू मध्ये चलान विन्दुबाट चलान भैसकेपछि बाटोमा नै कुनै पशुको मृत्यु भएका भए सो को विवरण क्वारेन्टाइन अधिकृत समक्ष पेश गर्ने,

 (ख) पशु, पशुजन्य पर्दाथ  वा जैविक पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्दा प्रयोग गरिने सवारी साधन निःसंक्रमण गरिएको हुनु पर्ने,

 (ग) पैठारी गरिने पशु, पशुजन्य पदार्थ  वा जैविक पदार्थ वा पशु उत्पादन  सामगीको पहिचान चिन्ह, संख्या वा तौल र किसिम सम्बन्धी विवरण पैठारी गर्दाको बखत क्वारेन्टाइन अधिकृत समक्ष पेश गर्नु पर्ने, र 

 (घ) पशु ढुवानी गर्न प्रयोग गरिने परिवहन साधन प्राविधिक दृष्टिकोणले  उपयुक्त हुनु पर्ने ।  

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
पशुजन्य पदार्थ वा जैविक पर्दाथ वा पशु उत्पादन सामग्री पैठारी गर्दा पालन गर्नु पर्ने शर्तहरू औपचारिकता आवश्यकता पशुपन्छी विकास मन्त्रालय पैठारीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पर्दाथ वा पशु उत्पादन सामग्री पैठारी गर्दा देहायका शर्तहरू पालन गर्नु पर्नेछ टिप्पणी पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ (२०००) 9999-12-31 Goods