Legal Documents

View Procedure

Procedure Name निर्धारित भुक्तानी प्रणाली अपनाउनु पर्ने
Description

ओजोनतहलाई नष्ट गर्ने पदार्थको उपभोग (नियन्त्रण) नियमावली, २०५७

नियम ९.  निर्धारित भुक्तानी प्रणाली अपनाउनु पर्ने: (१) प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति, फर्म वा संस्थाले नेपाल राष्ट्र बैंकद्वारा निर्धारित भुक्तानी प्रणालीको माध्यमबाट मात्र पदार्थ पैठारी गर्न पाउनेछ । यस प्रयोजनका लागि सम्बन्धित इजाजत पत्र प्राप्त पैठारीकर्ताले इजाजतपत्र प्राप्त गरेको मितिले पन्ध्र दिनभित्र नेपालको कुनै वाणिज्य बैंकमा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम पदार्थ पैठारी गर्न वाणिज्य बैंकमा निवेदन दिने इजाजतपत्र पाप्त व्यक्ति, फर्म वा संस्थाले त्यस्तो निवेदन तथा त्यसका साथ सँलग्न गरिने विवरणको प्रतिलिपि जानकारीका लागि मन्त्रालय समक्ष पनि पेश गर्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिमको निवेदन परेमा सम्बन्धित वाणिज्य बैंकले इजाजतपत्र जारी गर्ने अधिकारीले पैठारी गर्न इजाजतपत्र दिए बमोजिमको पदार्थ पैठारी गर्न खोजेको भएमा प्रचलित कानून बमोजिम भुक्तानीको व्यवस्था गरिदिनु पर्नेछ तथा त्यसबारे मन्त्रालयलाई जानकारी तुरुन्त दिनु पर्नेछ । 

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
निर्धारित भुक्तानी प्रणाली अपनाउनु पर्ने औपचारिकता आवश्यकता info@mope.gov.np प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति, फर्म वा संस्थाले नेपाल राष्ट्र बैंकद्वारा निर्धारित भुक्तानी प्रणालीको माध्यमबाट मात्र पदार्थ पैठारी गर्न पाउनेछ। टिप्पणी ओजोनतहलाई नष्ट गर्ने पदार्थको उपभोग (नियन्त्रण) नियमावली, २०५७ 9999-12-31 Goods