Legal Documents

View Procedure

Procedure Name खनिज पदार्थ बाहिर निकाल्दाको रोयल्टी बुझाउनु पर्ने
Description

खानी तथा खनिज पदार्थ नियमावली, २०५६ (१९९९)

नियम २१.    रोयल्टी बुझाउनु पर्ने: (१) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले खानीद्वारबाट प्रत्येक पटक खनिज पदार्थ बाहिर निकाल्दा त्यसरी निकालिएको खनिज पदार्थको परिमाणका आधारमा अनुसची–१० बमोजिमको रोयल्टी बुझाउनु पर्नेछ

(२) उत्खनन् कार्यका अनुमतिपत्र प्राप्त व्यक्तिले उपनियम (१) बमोजिम बुझाउनु पर्ने रोयल्टी बापतको रकम विभागको नाममा प्रत्येक महिना समाप्त भएका मितिले सात दिनभित्र राजस्व खातामा दाखिला गरी पन्ध दिन भित्र मासिक उत्पादन विवरणसहित राजस्व दाखिला भाचर विभागमा पेश गर्नु पर्ने छ ।

 (३) उत्खनन् कार्यका अनुमतिपत्र प्राप्त व्यक्तिले उपनियम (२) मा तोकिएको म्यादभित्र रोयल्टी बापतको रकम दाखिला नगरेमा सो म्याद समाप्त भएका मितिले तीन महिनासम्म बुझाउनु पर्ने रोयल्टी रकमको दश प्रतिशत, छ महिनासम्म बीस प्रतिशत र एक वषसम्म तीस प्रतिशतका दरले अतिरिक्त रकम रोयल्टी रकममा थप गरी बुझाउनु पर्नेछ ।  

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
खनिज पदार्थ बाहिर निकाल्दाको रोयल्टी बुझाउनु पर्ने औपचारिकता आवश्यकता उद्योग मन्त्रालय खनिज पदार्थ बाहिर निकाल्दाको रोयल्टी बुझाउनु पर्ने बारेमा टिप्पणी खानी तथा खनिज पदार्थ नियमावली, २०५६ 9999-12-31 Goods