Legal Documents

View Procedure

Procedure Name प्याक गरिएको खाद्य पदार्थरको बट्टामा लेवुल गराउने
Description

खाद्य नियमावली, २०२७ (१९७०)

नियम १८- (१) प्याक गरिएको खाद्य पदार्थको भाँडाको बैरन आवरणमा देहाय बमोजिमको तथ्य वा विवरण खुल्ने गरी लेवुल नलगाई

त्यस्तो खाद्य पदार्थ विक्री गर्न वा विक्रीको लागि राख्न पाइने छैनः–

(क) खाद्य पदार्थको विवरण सजिलैसँग स्पष्ट देखिने गरी लेवुलमा खुलेको हुनुपर्छ र उपरोक्त खाद्य पदार्थ एकभन्दा बढी बैरन वा भाँडाभित्र

राखिएको भएमा त्यस्तोभित्रि बैरन वा भाँडामा पनि लेवुल लगाउनु पर्नेछ ।

(ख) खाद्य पदार्थ प्याक गर्न वा विक्रीको लागि लेवुल लगाउने व्यवसायिको नाम तथा ठेगाना स्पष्ट लेवुलमा उल्लेख भएको हुनु पर्नेछ र नेपालमा व्यवसाय गर्न कुनै व्यवसायीको निर्देशन वा निजको तर्फबाट यसरी खाद्य पदार्थ प्याकिङ्ग वा लेवुल लगाउने काम भएको रहेछ भने त्यस्तो लेवुलमा सो व्यवसायीको पनि नाम तथा ठेगाना खुलेको हुनु पर्नेछ ।

(ग) एउटै मात्र खाद्य पदार्थबाट बनेको भए सो खाद्य पदार्थको वास्तविक नाम खोलिनुपर्ने र दुई वा दुई भन्दा बढी खाद्य पदार्थ मिलि बनेको

खाद्य पदार्थ भए त्यस्तो समिश्रण खाद्य पदार्थको प्रचलित नाम भए सो नाम र त्यसमा समावेश गरिएका छुट्टाछुट्टै खाद्य पदार्थको

वास्तविक वा प्रचलित नाम तथा साधन पदार्थहरूको हकमा प्रयोग गरिएको वजन वा मात्राको क्रम अनुसार नाम र परिमाण खुलाउनु पर्नेछ । तर पानी साधकको रूपमा प्रयोग भएकोमा यो बमोजिम त्यसको परिमाण र नाप खुलाउनु पर्नेछैन ।

 

(घ) प्याक गरिएको खाद्य पदार्थको खुद तौल वा नापको परिमाण कुनै स्पष्ट रूपमा खुलेको हुनु पर्छ र सो बमोजिम खुलेको नाप वा परिमाण कुनै हालतमा पनि कम रहेको हुनु हुँदैन । प्याक गरिएको खाद्य पदार्थको भाँडा र त्यसको बैरनको तौल वा परिमाणको आधारमा विक्री गर्न दिइएको खाद्य पदार्थ छ भन्ने त्यसको सम्बन्धमा प्याक गरिएको भाँडा र बैरन सहितको न्यूनतम तौल वा

परिमाण पनि स्पष्ट खुलेको हुनुपर्छ ।

(ङ) कुनै खाद्य पदार्थमा अनुसूची–१० को खण्ड (क) बमोजिम रङ्ग वा अनुसूची–११ को खण्ड (ख) बमोजिम परिरक्षी (प्रिजरभेटिभ) प्रयोग

गरिएमा सो प्रयोग गरिएको बुझाउने कुनै कथन वा कुनै किसिमको सङ्केताक्षर उल्लेख भएको हुनुपर्छ ।

(च) प्याक गरिएको खाद्य पदार्थ रहेको भाँडाको लेवुलमा अनिवार्य रूपले व्याच नं., उत्पादन मिति र उपभोग गरी सक्नुपर्ने मिति राख्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम लेवुलमा रहने विवरण नेपाली भाषा वा अंग्रेजी भाषामा हुनु पर्नेछ । यी दुई भाषाका अतिरिक्त अन्य कुनै भाषामा पनि विवरण खुलाउन चाहेमा खुलाउन सकिनेछ ।

(३) खाद्य पदार्थमा परिरक्षी प्रयोग गरिएको भए त्यसको लेवुलमा “प्योर”, “चोखो”, “विशुद्ध”, “शुद्ध” इत्यादि शब्दहरू लेखिएको वा त्यस्तो लेवुलमा उल्लेखित अन्य विवरणमा कुनै झुठ्ठा वा भ्रमात्मक दावा वा सङ्केत रहेको हुनु हुन्न

(४) प्याक गरिएको खाद्य पदार्थको खुद्रा व्यापारीले प्याकेट खोली विक्री गर्नमा उपनियम (१) अनुसारको लेवुल लगाउन बाध्य हुने छैन ।

(५) भिटामिन, खनिज वा अन्य पौष्टिक पदार्थ भएको दावी गरिएको खाद्य पदार्थको लेवुलमा उपनियम (१), (२) र (३) बमोजिम खुलाउनु पर्ने कुराहरू खुलाउँदा देहाय बमोजिमको कुराको अधीनमा रही खुलाउनु पर्नेछः–

(क) आफूले विक्री गरेको खाद्य पदार्थको लेवुलमा नखुलाइ त्यस्तो भिटामिन र वा पौष्टिक खनिज तत्व भएको दावी गर्न पाइने छैन ।

(ख) विज्ञापन वा अन्य प्रचारको विवरणमा भिटामिन खनिज र वा अन्य पौष्टिक पदार्थको परिमाण नखोली त्यस्तो भिटामिन खनिज वा अन्य पौष्टिक भएको कुरा उल्लेख गर्न पाइने छैन नोटे (भिटामिन खनिज वा अन्य पौष्टिक पदार्थ भएको दावी गरिएको खाद्य पदार्थमा त्यस्तो प्रत्येक भिटामिन र वा त्यस्ता प्रत्येक खनिज वा अन्य पौष्टिक पदार्थ अनुसूची –९ मा तोकिए अनुसारको इकाईमा स्पष्ट उल्लेख भएको हुनु पर्दछ ।)

(६) उपनियम (५) मा जेसुकै लेखिएतापनि प्याक गरिएका देहायका खाद्य पदार्थमा लेवुल लगाउनु पर्ने बाध्यता हुने छैनः–

(क) ग्यास प्रयोगद्वारा या कोल्ड स्टोरेज वा फ्रिजिङ वा अन्य कुनै व्यवस्थाले ताजा राखिएको फलफूल तथा सागपातमा, तर माथि लेखिए बमोजिम ताजा राखिएको अवस्थामा बाहेक क्यानिङ बोटल बन्दी वा अन्य प्रशोधन व्यवस्था भएको खाद्य पदार्थलाई यो नियम बमोजिमको छुट दिइने छैन,

(ख) कन्डेन्स्ड मिल्क बाहेक अन्य तरल अवस्थाको दूधमा,

(ग) सिङ्गै फुलमा,

(घ) क्यान वा बोटलमा बन्द गरिएको माछा, मासु भएको खाद्य पदार्थ बाहेक अन्य विभिन्न किसिमका माछा, मासुमा, तर मासुको हकमा कुन जनावरको मासु हो भन्ने कुरा लिखित रूपमा स्पष्ट बोध हुने गरी राख्नु पर्नेछ, र

(ङ) कुनै होटलमा तयार गरिएको भोजन वा त्यसरी तयार गरिएको भोजनको कुनै भाग सम्बन्धित व्यापारीले आफ्नै मानिसद्वारा विक्री

वितरण गरेमा, तर भोजन तयार गर्दा प्रयोग गरिएको घ्यू, तेलका सम्बन्धमा यो यस्तो घ्यू, तेल वा चिल्लो पदार्थ प्रयोग गरी बनेको

भन्ने लिखित रूपमा स्पष्ट बोध हुने गरी राख्नु पर्नेछ ।

 

(७) यो नियम बमोजिम गर्नुपर्ने कर्तव्य भएको व्यक्तिले यो नियमावली बमोजिम लगाइएको लेवुललाई केरमेट, थपघट वा नबुझिने गर्न वा मिटाउन हुँदैन ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
प्याक गरिएको खाद्य पदार्थरको बट्टामा लेवुल गराउने लेबलिंग आवश्यकता कृषि विकास मन्त्रालय प्याक गरिएको खाद्य पदार्थको भाँडाको बैरन आवरणमा देहाय बमोजिमको तथ्य वा विवरण खुल्ने गरी लेवुल नलगाई त्यस्तो खाद्य पदार्थ विक्री गर्न वा विक्रीको लागि राख्न पाइने छैन। नियम १८। खाद्य नियमावली, २०२७ (१९७०) 9999-12-31 Goods