Legal Documents

View Procedure

Procedure Name खाद्य पदार्थ पैठारी गर्दा पालना गर्नुपर्ने कुरा
Description

खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली (मस्यौदा), २०७३

नियम १४. खाद्य पदार्थ पैठारी गर्दा पालना गर्नुपर्ने कुराः (१) खाद्य पदार्थ पैठारी गर्दा लेबल सम्बन्धमा  देहायका कुरा पालना गर्नु पर्नेछ

(क) उत्पादकको पूरा नाम र ठेगाना खुलाउनु पर्नेछ ।

(ख) पैठारीकर्ताको पूरा नाम र ठेगाना खुलाउनु पर्नेछ ।

(ग) उत्पत्ति भएको मुलुकको नाम

(घ) अन्य कम्पनीको लागि उत्पादन वा प्याकेजिङ्ग गरिएको भए दुवै पक्षको पूरा नाम र ठेगाना खुलाउनु पर्नेछ ।

(ङ) पैठारी गरिएको खाद्य पदार्थको लेबलको भाषा सम्भव भए सम्म नेपाली नभए अंग्रेजीमा हुनु पर्नेछ ।

(च) यस नियमावलीमा व्यवस्था भएका अन्य प्रावधान पालना गर्नु पर्नेछ ।

(२) उत्पत्ति भएको मुलुक यकिन गर्दा जुन मुलुकमा खाद्य पदाथ प्रशोधन भएको हो सोही मुलुकलाई उत्पत्ति भएको मुलुक मानिने छ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
खाद्य पदाथ पैठारी गर्दा पालना गर्नुपर्ने कुरा औपचारिकता आवश्यकता कृषि विकास मन्त्रालय खाद्य पदाथ पैठारी गर्दा पालना गर्नुपर्ने बारेमा। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 Goods