Legal Documents

View Procedure

Procedure Name खाद्य पदार्थमा प्रयोग भएका समिश्रण र योगशीलको नाम उल्लेख गर्नु पर्ने
Description

खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ (मस्यौदा)

नियम ९.  खाद्य पदार्थमा  प्रयोग भएका समिश्रण र योगशीलको नाम उल्लेख गर्नु पर्ने (१) खाद्य पदार्थ  प्रशोधन गर्दा मिसाइएका समिश्रण लेबलमा घटदो परिमाणको क्रममा उल्लेख गर्नु पर्नेछ । ती मिसाइएका खाद्य पदार्थमा संयुक्त सम्मिश्रण भए ती समिश्रणको छुट्टाछुट्टै नाम कोष्ठभित्र खुलाउनु पर्नेछ ।

(२) खाद्य पदार्थमा प्रयोग हुने समिश्रण संगै समावेश भई आएको कुनै योगशीलको परिमाण प्रशोधनका लागि प्रबिधिक हिसावले पर्याप्त हुने रहेछ भने सो योगशीललाई लेबलमा खुलाउनु पर्नेछ ।

(३) खाद्य पदार्थमा प्रयोग भएको कुनै मिश्रित वा कुनै वर्गको समिश्रण सम्बन्धमा लेबलमा विशेष विवरण, चित्र वा संकेतको प्रयोगद्वारा विशेष जोड दिइएको भए त्यस्ता समिश्रणको परिमाण (तौल वा आयतन) प्रष्ट खुलाउनु पर्नेछ।

(४) खाद्य पदार्थमा प्रयोग भएको विभिन्न योगशीलको सम्बन्धमा अनुसूची–२ मा उल्लेख गरे अनुसारको समूहगत नाम र योगशीलको नाम वा आई एन एस नम्वर वा अन्य कुनै प्रमाणिक नम्वर लेबलमा खुलाउनु पर्नेछ ।

(५) लेबलमा प्रष्ट देखिने गरी ठूला अक्षरमा देहाय अनुसारको जानकारी दिनु पर्नेछ

(क) प्राकृतिक रङ्ग प्रयोग गरिएको भएमा “स्वीकृत प्राकृतिक रङ्गको प्रयोग गरिएको”

(ख) स्वीकृत कत्रिम रङ्ग प्रयोग गरिएको भएमा “स्वीकृत कृत्रिम खाद्य रङ्गको प्रयोग गरिएको”

(ग) प्राकृतिक र कृत्रिम दुबै रङ्गको प्रयोग गरिएको भएमा “स्वीकृत प्राकृतिक र कृत्रिम खाद्य रङ्गको प्रयोग गरिएको”

(घ) स्वीकृत द्वितीय श्रेणीका परिरक्षी प्रयोग गरिएको भएमा “स्वीकृत द्वितीय श्रेणीका परिरक्षी प्रयोग गरिएको”

स्पष्टीकरणः “रङ्ग” भन्नाले खाद्य पदार्थमा समावेश गर्न सिफारिस गरिएका खान योग्य प्राकृतिक अथवा कृत्रिम रङ्गलाइ जनाउँछ र “परिरक्षी” भन्नाले कुनै खाद्य पदार्थमा किण्वीकरण फर्मेन्टसन)

वा अम्लीकरण (एसिडिफिकेसन) हुन वा अन्य कुनै किसिमको सडने बिग्रने क्रियालाई रोक्न, दवाउन वा घटाउन प्रयोग गरिने खानयोग्य पदार्थलाई जनाउँछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
खाद्य पदार्थमा प्रयोग भएका समिश्रण र योगशीलको नाम उल्लेख गर्नु पर्ने लेबलिंग आवश्यकता कृषि विकास मन्त्रालय णियम ९ खाद्य पदार्थमा प्रयोग भएका समिश्रण र योगशीलको नाम उल्लेख गर्नु पर्ने बारेमा नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 2016-11-26 Goods