Legal Documents

View Procedure

Procedure Name चुरोटको उत्पादन, रक्सी आदिको लागि कच्चा माल आयात गर्न लाइसेन्स इजाजतपत्रको लागि निवेदन
Description

अन्तःशुल्क नियमावली, २०५९(२००२)

नियाम ३- इजाजतपत्रको लागि निवेदन दिनु पर्ने कुनै व्यक्ति, फर्म कम्पनी वा संस्थाले अनुसूची२ मा उल्लेख भएका अन्तःशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, विक्री वा संचय गर्न वा अन्तःशुल्क लाग्ने सेवा कसैलाई प्रदान गर्न चाहेमा सोही अनुसूचीमा तोकिएको इजाजतपत्र दस्तुर समेत संलग्न गरी अन्तःशुल्क अधिकृत समक्ष अनुसूची१ बमोजिमको ढांचामा निवेदन दिनु पर्नेछ ।

नियाम ५- इजाजतपत्रको अवधि तथा नवीकरणः (१) नियम ४ बमोजिम दिइएको इजाजतपत्र एक आर्थिक वर्षसम्मको लागि कायम रहनेछ ।

(२) इजाजतपत्रवालाले उपनियम (१) बमोजिमको इजाजतपत्रको अवधि समाप्त भएको मितिले एक महिनाभित्र अनुसूची२ मा तोकिए बमोजिमको नवीकरण दस्तुर विभागले तोकेको अन्तःशुल्क अधिकृत समक्ष बुझाई एक आर्थिक वर्षको लागि इजाजतपत्र नवीकरण गराउनु पर्नेछ ।

 (३) उपनियम (२) बमोजिमको अवधिभित्र इजाजतपत्र नवीकरण नगराउने इजाजतपत्रवालाले सो अवधि समाप्त भएको मितिले छ महीनाभित्र अनुसूची२ मा तोके बमोजिम नवीकरण वापत लाग्ने दस्तुरमा पचास प्रतिशतले थप दस्तुर र बक्यौता अन्तःशुल्क रकम समेत बुझाई एक आर्थिक वर्षको लागि इजाजतपत्र नवीकरण गराउन सक्नेछ ।

(४) उपनियम (३) मा तोकिएको अवधि समाप्त भएपछि नवीकरण गराउन चाहेमा अनुसूची२ मा तोकिए बमोजिमको नवीकरण वापत लाग्ने दस्तुरमा प्रत्येक आर्थिक वर्षको लागि सतप्रतिशत थप दस्तुर र वक्यौता अन्तःशुल्क रकम समेत बुझाई इजाजतपत्र नवीकरण गराउन सकिनेछ 

आवश्यकता कागजातहरु

१ नागरिकताको प्रतिलिपि

२ कम्पनी दर्ता प्रमाणपत्र

३ उधोग दर्ता प्रमाणपत्र

४ भ्याट / पान दर्ता

५ कच्चा माल आयात सन्दर्भको देश र कम्पनीको विवरण कागजातहरु

६ कच्चा माल को खरीद सन्दर्भमा कम्पनी संगको  सम्झौता पत्र

Category Procedure


Title Description Create Date Update Date Issued By File
चुरोट को उत्पादन, रक्सी आदिको लागि कच्चा माल आयात गर्न लाइसेन्स इजाजतपत्रको लागि निवेदन चुरोट को उत्पादन, रक्सी आदिको लागि कच्चा माल आयात गर्न लाइसेन्स इजाजतपत्रको लागि निवेदनको ढाँचा 2016-08-03 2016-08-22 भन्सार विभाग



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
अन्तःशुल्क लागने बास्तु निर्माण, आयात, बिक्री, वा भण्डारण गर्दा इजाजतपत्रका लागि निवेदन दिनुपर्ने अनुमति आवश्यकता अर्थ मन्त्रालयम चुअन्तःशुल्क लागने बास्तु निर्माण, आयात, बिक्री, वा भण्डारण गर्दा इजाजतपत्रका लागि निवेदन दिनुपर्ने. नियम ३ टिप्पणी अन्तःशुल्क नियमावली, २०५९ 9999-01-31 Goods