Legal Documents

View Procedure

Procedure Name खाद्य पदार्थको लेबलमा गरिने दावीः
Description

खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ (मस्यौदा)
 

नियम २२. खाद्य पदार्थको लेबलमा गरिने दावीः (१)  खाद्य पदार्थको लेबलमा भिटामिन, खनिज तत्व, प्रोटिन इन्जाइम लगायतका पौष्टिक पदाथ भएको दाबी गरिएको भए ती पौष्टिक पदाथका परिमाण खुलाएर मात्र दावी गर्न पाइनेछ ।

(२) खाद्य पदार्थको विज्ञापन वा अन्य प्रचार प्रसारको विवरणमा कुनै कुराका दावी गदा आधार  खुलाएर मात्र गर्न पाइने छ ।

(३) खाद्य पदार्थका गुणस्तर वा उत्पत्ति भएको स्थान सम्बन्धमा भ्रमपर्ण सूचना, भनाई, दावी,  डिजाइन, चित्र, प्रस्तुती वा कुनै संक्षिप्त नाम उल्लेख गर्न पाइने छैन ।

(४) खाद्य पदार्थमा परिरक्षी प्रयोग गरिएको भए त्यसको लेबलमा “पियोर वा प्योर”, “चोखो”, “विशुद्ध”, “शुद्ध” जस्ता शब्दहरू वा अन्य कुनै झुट्ठा वा भमपूर्ण दावी वा सङ्केत राख्न पाइने छैन ।

(५) प्याक गरिएका कुनै पनि खाने तेल, घिउ, वनस्पति घिउ वा यी मा आधारित उत्पादनका लेबलमा “डबल रिफाइन्ड”, “सुपर रिफाइन्ड”, “माइक्रो रिफाइन्ड”, “अल्ट्रा रिफाइन्ड”, “एन्टि कोलेष्ट्रोल”, “मुटु रोगको लागि”, “कोलेष्ट्रोल फ्रेन्डली”, “स्याचुरेटेड फ्याट फ्री” लगायतका शब्दावली उल्लेख गर्न पाइने छैन । 

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
खाद्य पदार्थको लेबलमा गरिने दावी लेबलिंग आवश्यकता कृषि विकास मन्त्रालय खाद्य पदार्थको लेबलमा गरिने दावीबारेमा। नियम २२। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 Goods