Legal Documents

View Procedure

Procedure Name  सेकसन ५. रजिष्टर्ड एजेन्सीको अवधी, नवीकरण दस्तुर
Description

एजेन्सी (संशोधन र एकीकरण) नियमहरू, २०१९
 सेकसन ५. रजिष्टर्ड एजेन्सीको अवधी, नवीकरण दस्तुर ः(१) कुनै एजेन्सी जुन सालमा रजिष्टर भएको हो सो सालको चैत्र मसान्तसम्म बहाल रहनेछ । आफ्नो एजेन्सीको रजिष्ट्रेशन नवीकरण गर्न चाहने व्यक्तिले अवधी समाप्त हुन अगावै नियम ३ मा तोकिएको अधिकारी छेउ दरखास्त दिई त्यस्तो रजिष्टे«शन नवीकरण गराई लिनु पर्दछ । तर, ऐन प्रारम्भ हुनुभन्दा अघि नेपाल सरकारबाट स्वीकृति लिइराखेका ऐजेन्सीहरूले ऐन प्रारम्भ भएको सालदेखि २०१९ सालसम्मको र ऐन प्रारम्भ भएपछि २०१८ साल चैत्र मसान्तसम्ममा रजिष्ट्रर भैराखेका ऐजेन्टहरूले जुन सालमा रजिष्ट्रर
गराएको हो सो सालदेखि पछिको २०१९ सालसम्मको नवीकरण गर्न बाँकी प्रत्येक सालको उपनियम (२) मा लेखिएको दरले नवीकरण दस्तुर एकमुष्ट नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको म्यादभित्र बुझाएमा त्यस्ता ऐजेन्सीहरूको रजिष्ट्रेशन २०१९ साल चैत्र मसान्तसम्म बहाल रहने गरी नियम ३ मा तोकिएको अधिकारीले नवीकरण गरी त्यसको प्रमाणपत्र त्यस्ता एजेन्टलाई दिन सक्नेछ ।

(२) नवीकरणको निमित्त दरखास्त दिने व्यक्तिले नवीकरण दस्तुर बापत ने.
रु. २०।– बीस रुपैयाँ दरखास्तसाथ बुझाउनु पर्नेछ तर दरखास्त दस्तुर भने पाउने छैन् ।
 

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class