Legal Documents

View Procedure

Procedure Name प्रमाणीकरण गर्ने निकायको इजाजतपत्रको नवीकरण
Description

विद्युतीय कारोबार नियमावली, २०६४

 १६. इजाजतपत्रको नवीकरण :(१) प्रमाणीकरण गर्ने निकायले आफूले प्राप्त गरेका इजाजत पत्र नवीकरण गर्न चाहेमा इजाजत पत्रको अवधि समाप्त हुनु भन्दा ३० दिन अगावै नियम १२ को उपनियम (२) को खण्ड (ग) बमोजिमको बैंक ग्यारेण्टी सहित नवीकरण दस्तुर वापत बीस हजार रूपैयाँ संलग्न गरी अनुसूची–४ बमोजिमको ढाँचामा नियन्त्रक समक्ष निवेदन दिनु पर्नेछ ।

(२) नियन्त्रकले उपनियम (१) बमोजिम इजाजतपत्र नवीकरणको लागि निवेदन दर्ता भएको मितिले पन्ध्र दिनभित्र इजाजतपत्र नवीकरण गर्ने वा नगर्ने सम्बन्धमा निर्णय दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम इजाजतपत्र नवीकरण गर्ने निर्णय भएमा नवीकरण गरेको व्यहोरा सम्बन्धित इजाजतपत्रमा जनाई निवेदकलाई इजाजतपत्र फिर्ता दिनु पर्नेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
प्रमाणीकरण गर्ने निकायको इजाजतपत्रको नवीकरण लाइसेन्स आवश्यकता विज्ञान तथा प्रविधि मन्त्रालय प्रमाणीकरण गर्ने निकायको इजाजतपत्रको नवीकरण टिप्पणी विद्युतीय कारोबार नियमावली, २०६४ (२००८) 9999-12-31 Goods