Legal Documents

View Procedure

Procedure Name स्वस्थता प्रमाणपत्र लागि आवेदन
Description

बिरुवा संरक्षण नियमावली, २०६६ (२०१०)

नियाम ८: स्वस्थता प्रमाणपत्र लिने सम्बन्धी व्यवस्था स्वस्थता प्रमाणपत्र लिने सम्बन्धी व्यवस्थाः

(१) ऐनको दफा १२ को उपदफा (१) वा (२) बमोजिम स्वस्थता प्रमाणपत्र लिन चाहने व्यक्ति वा संस्थाले देहायका कागजात संलग्न गरी निकासीको लागि भए एकसय रुपैया र पुनः निकासीको लागि भए दुईसय रुपैयाँ दस्तुर सहित अनुसूची–१० बमोजिमको ढाँचामा कार्यालय प्रमुख समक्ष निवेदन दिनु पर्नेछ–

(क) निकासी गरिने वस्तुको उत्पत्तिको प्रमाणपत्र,

(ख) वन पैदावार भए वन विभागबाट जारी भएको छोड पूर्जी,

(ग) पुरातात्विक महत्वका वस्तु भए पुरातत्व विभागको सिफारिसपत्र,

(घ) निकासी गरिने वस्तुको बिल बिजक (इन्भ्वाइस),

(ङ) पुनः निकासी गरिने भए पैठारी गर्ने मुलुकले जारी गरेको पैठारी अनुमतिपत्र,

(च) पुनः निकासी गरिने वस्तुको हकमा नेपालमा पैठारी गरिंदा पेश भएको स्वस्थता प्रमाणपत्रको प्रतिलिपि,

(छ) निकासी गर्ने व्यक्तिको आधिकारिक परिचयपत्र वा संस्थाले निकासी गर्ने भए त्यस्तो संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि र त्यस्तो कामका लागि कसैलाई खटाईएको भए त्यसरी खटाइएको पत्र ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि प्राप्त कागजात र निकासी गरिने वस्तुको नमूनाको आवश्यक जाँचबुझ र परीक्षण गर्दा निवेदकलाई स्वस्थता प्रमाणपत्र दिन उपयुक्त देखेमा कार्यालय प्रमुखले निकासीको लागि अनुसूची–११ बमोजिमको ढाँचामा र पुनःनिकासीको लागि अनुसूची–१२ बमोजिमको ढाँचामा स्वस्थता प्रमाणपत्र दिनेछ ।

(३) उपनियम (२) बमोजिम आवश्यक जाँचबुझ र परीक्षण गर्दा स्वस्थता प्रमाणपत्र दिन उपयुक्त नदेखेमा कार्यालय प्रमुखले निवेदन परेको सात दिनभित्र सोको जानकारी अनुसूची–१३ बमोजिमको ढाँचामा सम्बन्धित निवेदकलाई दिनु पर्नेछ ।

आवश्यकताहरू / समर्थन दस्तावेज

१.     आवेदन (अनुसूची–१०) रुपैया १० डाँक टिकट

२.     पैकिंग वस्तुको सूची

३.     बैंक बाट रसिद वा

४.     पुरातात्विक महत्वका वस्तु भए पुरातत्व विभागको सिफारिसपत्र,

५.     वन पैदावार भए वन विभागबाट जारी भएको छोड पूर्जी,कम्पनी दर्ता प्रमाणपत्र

६.     पैन / भ्याट दर्ता

७.      निकासी गरिने वस्तुको उत्पत्तिको प्रमाणपत्र,

८.     निकासी गरिने वस्तुको बिल बिजक (इन्भ्वाइस),

९.      पुनः निकासी गरिने भए पैठारी गर्ने मुलुकले जारी गरेको पैठारी अनुमतिपत्र,

१०.  पुनः निकासी गरिने वस्तुको हकमा नेपालमा पैठारी गरिंदा पेश भएको स्वस्थता प्रमाणपत्रको प्रतिलिपि,

११.   निकासी गर्ने व्यक्तिको आधिकारिक परिचयपत्र वा संस्थाले निकासी गर्ने भए त्यस्तो संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि र

त्यस्तो कामका लागि कसैलाई खटाईएको भए त्यसरी खटाइएको पत्र ।

Category Procedure


Title Description Create Date Update Date Issued By File
बिरुवा स्वस्थता प्रमाणपत्रका लागि दिने निवेदनको बिरुवा स्वस्थता प्रमाणपत्रका लागि दिने निवेदनको ढाँचा 2016-04-06 2016-08-22 कृषि विकास मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
स्वस्थता प्रमाणपत्र प्रमाणपत्र आवश्यकता कृषि विकास मन्त्रालय बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र आसारपसार गर्दा शत्रुजीवको प्रवेश, स्थापना र फैलिनवाट राक्न, तिनीहरुको प्रभावकारी नियन्त्रणको लागि उपयुक्त तरिकाहरु अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजहरुको व्यापार प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोल.नियम ८। यो प्रमाणपत्र कृषि विभाग, कृषि विकास मन्त्रालय द्वारा जारी गरिनेछ बिरुवा संरक्षण नियमावली, २०६६ (२०१०) 9999-12-31 Goods