Legal Documents

View Procedure

Procedure Name प्रमाणीकरण गर्ने निकायले काम बन्द गर्न सक्ने
Description

विद्युतीय कारोबार नियमावली, २०६४

 २१. प्रमाणीकरण गर्ने निकायले काम बन्द गर्न सक्ने-  कुनै प्रमाणीकरण गर्ने निकायले देहायको कार्यविधि पूरा गरेर प्रमाणीकरण सम्बन्धी काम बन्द गर्न सक्नेछ ः–

(क) प्रमाणीकरण सम्बन्धी काम बन्द गर्न चाहेको मितिले वा प्रमाणीकरण गर्ने निकायको इजाजतपत्रको म्याद समाप्त हुने मितिले कम्तीमा नब्बे दिन अगावै नियन्त्रकलाई सो कुराको लिखित जानकारी दिएर,

(ख) खण्ड (क) बमोजिम सूचना दिए पश्चात् काम बन्द गर्न चाहेको मितिले कम्तीमा साठी दिन अगावै सो कुराको सार्वजनिक सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गरेर,

(ग) आफ्नो सञ्चालनमा रहेका सबै ग्राहकहरूलाई र पारस्परिक रूपमा डिजिटल हस्ताक्षर प्रमाणीकरणको व्यवस्था मिलाइएका अन्य प्रमाणीकरण गर्ने

निकायहरूलाई काम बन्द गर्नु भन्दा कम्तीमा साठी दिन अगावै आफूले काम बन्द गर्न लागेको कुराको सूचना दिएर, घ) खण्ड (क), (ख) र (ग) बमोजिमका सूचनाहरू डिजिटल हस्ताक्षर सहितको इमेल वा हुलाकबाट रजिष्ट्री गरी पठाएर,

(ङ) आफुले काम बन्द गर्ने भनी तोकेको मिति भित्रमा कुनै ग्राहकको अनुरोध भए वा नभए पनि आफूले जारी गरेको सम्पूर्ण डिजिटल हस्ताक्षर प्रमाणपत्र रद्द गरेर,

(च) ग्राहकहरूलाई यथासम्भव असुविधा नहुने गरी काम बन्द गर्ने व्यवस्था मिलाएर,

(छ) आफुले गरेको काम कारोबार, जारी गरेको डिजिटल हस्ताक्षर प्रमाणपत्र आदि सम्बन्धी कागजात, अभिलेखहरू काम बन्द गरेको मितिले सात वर्षसम्म सुरक्षित राख्ने व्यवस्था मिलाएर,

(ज) आफुले काम बन्द गर्ने मिति भन्दा पछिसम्म वहाल रहने अवधि तोकी जारी गरेका डिजिटल हस्ताक्षर प्रमाणपत्रका ग्राहकहरूलाई नयाँ प्रमाणपत्र लिन लाग्ने दस्तुर बराबरको रकम क्षतिपूर्ति दिने व्यवस्था मिलाएर,

(झ) ग्राहकको प्रमाणपत्रको वहाल रहने अवधि समाप्त भई सकेपछि प्रमाणीकरण गर्ने निकायले निजी साँचोलाई नष्ट गरी यसरी नष्ट गरेको समय र मितिको जानकारी नियन्त्रकलाई दिएर ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
प्रमाणीकरण गर्ने निकायले काम बन्द गर्न सक्ने औपचारिकता आवश्यकता विज्ञान तथा प्रविधि मन्त्रालय प्रमाणीकरण गर्ने निकायले काम बन्द गर्न सक्ने टिप्पणी विद्युतीय कारोबार नियमावली, २०६४ (२००८) 9999-12-31 Goods