Legal Documents

View Procedure

Procedure Name सार्वजनिक निर्माण कार्य गर्नको लागि अस्थायी इजाजतपत्र आवेदन
Description

निर्माण व्यवसाय नियमावली, २०५६ (२०००)

सेक्सन ८.  सार्वजनिक निर्माण कार्य गर्नको लागि अस्थायी इजाजतपत्र सम्बन्धी व्यवस्था (१) सार्वजनिक निर्माण कार्य गर्नको लागि ऐनको दफा ६ बमोजिम अस्थायी इजाजतपत्र पाउन सक्ने विदेशी निर्माण व्यवसायीले  सार्वजनिक निर्माण कार्य गर्ने अस्थायी इजाजतपत्र लिन चाहेमा अनुसूची–६ बमोजिमको ढाँचामा समिति समक्ष दरखास्त दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएपछि त्यस्तो दरखास्तवाला निर्माण व्यवसायीको आर्थिक तथा प्राविधिक योग्यता जा“चबुझ गरी माग बमोजिम अस्थायी इजाजतपत्र दिन मनासिव देखेमा समितिले सोही बमोजिमको सिफारिस नेपाल सरकार समक्ष गर्नेछ ।

 (३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि समितिले दरखास्तको जाँचबुझ गर्दा कुनै थप कागजात माग गर्नु पर्ने देखेमा दरखास्तवाला निर्माण व्यवसायीलाई थप कागजात पेश गर्न लगाउन सक्नेछ ।

 (४) उपनियम (२) बमोजिम अस्थायी इजाजतपत्रको लागि समितिबाट सिफारिस भई आएमा नेपाल सरकारले अनुसूची–२ बमोजिमको अस्थायी इजाजतपत्र दस्तुर लिई अनुसूची– ७ बमोजिमको ढा“चामा दरखास्तवाला निर्माण व्यवसायीलाई अस्थायी इजाजतपत्र दिनेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File
सार्वजनिक निर्माण कार्य गर्नको लागि अस्थायी इजाजतपत्र आवेदन फारम सार्वजनिक निर्माण कार्य गर्नको लागि अस्थायी इजाजतपत्र आवेदन फारम को ढाँचा 2017-03-30 2017-03-30 भौतिक पूर्वाधार र यातायात मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
सार्वजनिक निर्माण कार्य गर्नको लागि अस्थायी इजाजतपत्र लाइसेन्स आवश्यकता भौतिक पूर्वाधार र यातायात मन्त्रालय सेक्सन ८ - सार्वजनिक निर्माण कार्य गर्नको लागि अस्थायी इजाजतपत्र टिप्पणी निर्माण व्यवसाय नियमावली, २०५६ 9999-12-31 Goods