Legal Documents

View Procedure

Procedure Name बीउ आयात/निर्यात गर्न अनुमतिका लागि आवेदन
Description

बीउ बिजन नियमावली, २०६९ (१९९७)

नियाम १८. सूचित बीउ बिजनको निकासी वा पैठारीः (१) कसैले यस नियमावली बमोजिम सुचित बीउ विजनको निकासी तथा पैठारी गर्न चाहेमा पांचसय रुपैयाँ दस्तुर तिरी अनुसूची –६ बमोजिमको ढाँचामा केन्द्रमा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त निवेदनमा केन्द्रले सूचित बीउ बिजन निकासी वा पैठारी गर्न उपयुक्त छ छैन जाँचबुझ गरी उपयुक्त देखिएमा अनुसूची–७ बमोजिमको ढाँचामा अनुमति दिनेछ ।

(३) सूचित बीउ बिजनको निकासी वा पैठारी गर्दा अनुसूची — ८ बमोजिमको विवरण समितिलाई उपलब्ध गराउनु पर्नेछ ।

(४) यस नियममावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा प्राकृतिक प्रकोप परेको अवस्थामा वा पैठारी गरीने बीउ बिजनको कारणले मानव, पशु, पन्छी तथा बिरुवाको स्वास्थ्य वा धार्मिक, सास्कृतिक तथा बातावरणमा प्रतिकूल प्रभाव पार्ने देखिएमा त्यस्ता बीउ बिजनको पैठारी गर्नु पर्दा समितिको स्वीकृति लिनु पर्नेछ ।

 

आवश्यकताहरू / समर्थन कागजातहरु
 
१ आवेदन र रु १० को हुलाक टिकट
 
२ कम्पनी दर्ता प्रमाणपत्र
 
३ कर दर्ता प्रमाणपत्र
 
४ जिल्ला कृषि विकास कार्यालय द्वारा जारीगरेको कारोबार अनुमति पत्र (हरेक दुई वर्षमा नवीकरण गरेको)
 
५ यदि आवश्यक भयमा बीउ को नमूना 
 
६ आयात भइरहेको कम्पनी संग खरिद र अन्य सम्झौता को  प्रमाण
Category Procedure


Title Description Create Date Update Date Issued By File
बीउ आयात / निर्यात गर्न अनुमतिको लागि आवेदन बीउ आयात / निर्यात गर्न अनुमतिको लागि आवेदन ढाँचा 2016-03-31 2020-09-09 minsitry of government



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
बीउ आयात / निर्यात गर्न अनुमति अनुमति आवश्यकता कृषि विकास मन्त्रालय विभिन्न बालीको उत्पादनमा बृद्धी गराउन उच्च गुणस्तरको बीउ बिजन उत्पादन, पशाधनतथा परीक्षण गरी गणस्तरयक्त बीउ बिजन सव्यवस्थित रूपले उपलब्ध गराई सवसाधारण जनताका सुविधा तथा आर्थिक हित कायम राख्न आवेदन पेश भएपछि अनुमति प्राप्त गर्न (बीउ को निरीक्षण समय निर्भर) ७ देखि ३० दिन लाग्नेछ बीउ बिजन नियमावली, २०६९ (२०१३) 9999-12-31 Goods