Legal Documents

View Procedure

Procedure Name विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने प्रक्रिया
Description

विद्युत नियमावली, २०५० (१९९३)

सेक्सन ४. विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने ः विद्युत उत्पादनको सर्वेक्षण गर्न चाहने व्यक्ति वा संगठित संस्थाले अनुसूची –२ बमोजिमको ढाँचामा प्रस्तावित विद्युत उत्पादन परियोजनासंग सम्बन्धित देहायका विवरणहरु खुलाई तीन प्रति दरखास्त फाराम विद्युत विकास विभाग मार्फत सचिव समक्ष दिनु पर्नेछ ।

(क) परियोजना स्थलको नक्शा (जसमा प्रस्तावित विद्युत गृह, बाँध, जलाशय, नहर, सुरुङ्ग, सव–स्टेशन, प्रसारण लाइन, वितरण क्षेत्र आदिको प्रारम्भिक नक्शा र परियोजना क्षेत्रभित्रका गाउँ, शहर, ऐतिहासिक स्थान, बाटो इत्यादी समेत स्पष्ट रुपमा देखाउनु पर्छ),

(ख) सर्वेक्षण गरिने जलस्रोतको क्षेत्र र उपयोग हुने पानीको परिमाण,

(ग) परियोजना सम्पन्न गर्न लाग्ने अनुमानित लागत र कूल अवधि (सर्वेक्षण र निर्माण समेतको लागि), (घ) परियोजनाको कूल जडान क्षमता र वार्षिक उत्पादनको अनुमान,

(ङ) जल बाहेक अन्य साधनबाट विद्युत उत्पादन गर्ने भए प्रयोग गरिने इन्धनको किसिम र त्यसको आपूर्ति गर्ने तरिका,

(च) अन्य आवश्यक कुराहरु ।

Category Procedure


Title Description Create Date Update Date Issued By File
विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको दरखास्त विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको दरखास्त फारमको ढाँचा 2017-04-20 2017-04-20 ऊर्जा मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने अनुमति आवश्यकता ऊर्जा मन्त्रालय विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने टिप्पणी विद्युत नियमावली, २०५० 9999-12-31 Goods