Legal Documents

View Procedure

Procedure Name विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने प्रक्रिया
Description

विद्युत नियमावली, २०५० (१९९३)

 

सेकसन ५. विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने ः विद्युत प्रसारणको सर्वेक्षण गर्न चाहने व्यक्ति वा संगठित संस्थाले अनुसूची –३ बमोजिमको ढाँचामा प्रस्तावित विद्युत प्रसारण परियोजनासंग सम्बन्धित देहायका विवरणहरु खुलाई तीन प्रति दरखास्त फाराम विद्युत विकास विभाग मार्फत सचिव समक्ष दिनु पर्नेछ ः–

(क) विद्युत प्रसारण लाइनको प्रारम्भिक रुट–नक्शा (प्रस्तावित मुख्य प्रसारण वैकल्पिक लाइन समेत देखिने),

(ख) प्रसारण लाइनको कूल लम्बाई, उद्देश्य र आवश्यकता,

(ग) प्रसारणको लागि प्रयोग गरिने भोल्टेजको स्तर र क्षमता,

(घ) एकमुष्ट प्रसारण गरी आपूर्ति गर्ने भएमा विद्युतको अधिकतम लोड तथा ग्राहकको किसिम,

(ङ) प्रसारण लाइन सम्पन्न गर्न लाग्ने अनुमानित लागत र कूल अवधि (सर्वेक्षण र निर्माण समेत),

(च) अन्य आवश्यक कुराहरु ।

Category Procedure


Title Description Create Date Update Date Issued By File
विद्युत वितरणको सर्वेक्षण अनुमतिपत्रको दरखास्त विद्युत वितरणको सर्वेक्षण अनुमतिपत्रको दरखास्त फारमको ढाँचा 2017-04-23 2017-04-23 ऊर्जा मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको अनुमति आवश्यकता ऊर्जा मन्त्रालय विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको टिप्पणी विद्युत नियमावली, २०५० 9999-12-31 Goods