Legal Documents

कानुनी कागजात

Title प्रतिलिपि अधिकार ऐन, २०५९
Legal Type नीति
Issue Agency उद्योग मन्त्रालय
Responsible Agency उद्योग मन्त्रालय
Issuing Date 2017-02-07
Download English प्रतिलिपि अधिकार ऐन, २०५९
Download Nepali प्रतिलिपि अधिकार ऐन, २०५९

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
हदम्यादः यस बीउ बिजन ऐन, २०४५ अन्तर्गतको कुनै अधिकार उल्लङ्घन भएकोमा सेक्शन ३६ हदम्यादः यस ऐन अन्तर्गतको कुनै अधिकार उल्लङ्घन भएकोमा सो भएको थाहा पाएको मितिले तीन महिनाभित्र उजुरी दिनु पर्नेछ टिप्पणी Active measures Goods
रचना वा रचनाको प्रतिलिपिको सार्वजनिक प्रदर्शन गर्न पाउने बीउ बिजन ऐन, २०४५ सेक्शन २३. सार्वजनिक प्रदर्शन गर्न पाउनेः दफा ७ को खण्ड (ज) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कुनै रचना वा रचनाको प्रतिलिपिको सार्वजनिक प्रदर्शन गर्न चाहेमा रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति विना त्यस्तो रचना वा रचनाको प्रतिलिपिको सार्वजनिक प्रदर्शन गर्न पाउनेछ । तर त्यस्तो प्रदर्शन चलचित्र, स्लाइड, टेलिभिजन वा पर्दा वा अन्य किसिमको यन्त्रको सहायता बिना नै गरिएको हुनु पर्नेछ । टिप्पणी Active measures Goods
अनधिकार प्रतिलिपिहरुको पैठारीमा प्रतिबन्धः सेक्शन २६. अनधिकार प्रतिलिपिहरुको पैठारीमा प्रतिबन्धः नेपाल अधिराज्यभित्र तयार गरिएको भए अनधिकार प्रकाशन ठहरिने कुनै रचना वा ध्वनि अङ्कनको प्रतिलिपिहरु विदेशमा तयार गरी वा अन्य कुनै तरिकाले प्राप्त गरी व्यपारिक प्रयोजनको लागि नेपाल अधिराज्यभित्र पैठारी गर्न हुँदैन । टिप्पणी Active measures Goods
प्रतिलिपि अधिकारको संरक्षण सेक्शन ३. प्रतिलिपि अधिकारको संरक्षणः (१) कुनै पनि रचनालाई प्रतिलिपि अधिकारको संरक्षण प्राप्त हुनेछ । (२) प्रस्तुतिकरण, सङ्कलन वा अभिव्यक्तिको दृष्टिकोणबाट मौलिक रुपमा प्रस्तुत भएका अनुवाद, संयोजन, क्रमबद्ध संयोजन, रचना वा कृतिहरुको संग्रह, यन्त्रको सहायताले वा यन्त्रको सहायता बेगर पढ्न सकिने गरी सङ्कलन गरिएको तथ्याङ्क वा तथ्याङ्कको आधार, लौकिक अभिव्यक्ति विधा अन्तर्गतका उखान, लोककथा, लोकगीत वा अन्य कुनै लोक अभिव्यक्तिमा आधारित व्युत्पन्न रचनालाई मूल रचनाको प्रतिलिपि अधिकारमा प्रतिकूल असर नपुर्याउने किसिमले मौलिक रचना सरह नै प्रतिलिपि अधिकारको संरक्षण प्राप्त हुनेछ । टिप्पणी Active measures Goods
प्रतिलिपि अधिकारको संरक्षण सेक्शन ४ प्रतिलिपि अधिकारको संरक्षण प्राप्त नहुनेः दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै विचार, धर्म, समाचार, संचालन विधि, अवधारणा, सिद्धान्त, अदालतको फैसला, प्रशासनिक निर्णय, लोकगीत, लोककथा, उखान र सामान्य तथ्याङ्क जस्ता कुराहरुलाई व्यक्त वा वर्णन वा व्याख्या गरिए वा कुनै रचनामा समावेश गरिएको भए तापनि यस ऐन बमोजिमको संरक्षण प्राप्त हुने छैन । टिप्पणी Active measures Goods
दर्ता अनिवार्य नहुने सेक्शन ५ - दर्ता अनिवार्य नहुनेः (१) यस ऐन बमोजिमको अधिकार प्राप्त गर्न कुनै पनि रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण दर्ता गराउन अनिवार्य हुने छैन । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण स्वेच्छाले दर्ता गराउन चाहेमा रजिष्ट्रार समक्ष निवेदन दिई दर्ता गराउन सकिनेछ र दर्ता सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ टिप्पणी Active measures Goods
रचनाको आर्थिक प्रतिलिपि अधिकारको धनी सेक्शन ६. रचनाको आर्थिक प्रतिलिपि अधिकारको धनीः (१) रचनाको आर्थिक अधिकारको पहिलो धनी रचयिता हुनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा रचनाको आर्थिक अधिकार देहायको व्यक्ति वा संस्थालाई हुनेछः– (क) संयुक्त रचनाका हकमा सहरचयिता, तर त्यस्तो संयुक्त रचना खण्ड खण्डमा विभाजित रहेछ र अलग अलग खण्ड अलग अलग रचयिताको हिसाबले पहिचान हुने किसिमको रहेछ र अलग अलग किसिमले प्रयोग गर्न सकिने रहेछ भने आफुले रचना गरेको प्रत्येक खण्डको लागि सम्बन्धित रचयितालाई आर्थिक अधिकार हुनेछ । (ख) कुनै व्यक्ति वा संस्थाको सक्रियता वा निर्देशनमा संयुक्त रचना तयार गरिएको भए जसको सक्रियता वा निर्देशनमा त्यस्तो रचना तयार भएको हो सो तयार गराउने व्यक्ति वा संस्था, (ग) कसैले पारिश्रमिक दिई कुनै रचना तयार गर्न लगाएको भए त्यस्तो पारिश्रमिक दिने व्यक्ति वा संस्था, (घ) बेनामी रचनाको हकमा सो रचनाको रचयिता यो हो भन्ने प्रमाणित नहुन्जेल सो रचनाको प्रकाशक, तर त्यस्तो रचनाको वास्तविक रचयिताले पछि आफ्नो परिचय प्रस्तुत गरेको खण्डमा आफ्नो परिचय प्रस्तुत गरेको मितिदेखि सो रचनाको आर्थिक अधिकार सोही रचयितालाई हुनेछ,। (ङ) करारमा अन्यथा उल्लेख गरिएकोमा बाहेक श्रव्य दृश्य रचनाको हकमा त्यस्तो रचनाको उत्पादक, तर श्रव्य दृश्य रचनाका सहरचयिताको रचना वा पहिला नै तयार गरिएको रचनालाई श्रव्य दृश्य रचना निर्माण गर्ने कार्यमा समावेश गरिएमा वा मिलाइएमा निजहरुको आर्थिक अधिकार निजहरुको योगदान बमोजिम हुनेछ । टिप्पणी Active measures Goods
प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकार सेक्शन ७. प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारः परिच्छेद–४ को अधीनमा रही रचनाको सम्बन्धमा देहाय बमोजिमको कार्य गर्न पाउने अधिकार रचयिता वा प्रतिलिपि अधिकारको धनीलाई मात्र हुनेछ ः– (क) रचनाको पुनरुत्पादन गर्ने, (ख) रचनाको अनुवाद गर्ने, (ग) रचनाको परिमार्जन वा संशोधन गर्ने, (घ) संयोजन लगायत रचनाको अन्य रुपान्तरण गर्ने, (ङ) रचनाको मूल र प्रतिलिपि सर्वसाधारणको लागि बिक्री वितरण वा बहालमा दिने , (च) श्रव्य दृश्य रचना, ध्वनिअङ्कन समाविष्ट रचना, कम्प्युटर कार्यक्रम, तथ्याङ्कमा आधारित वा ग्राफ स्वरुपमा रहेको साङ्गीतिक रचनाको आफूलाई प्राप्त अधिकार हस्तान्तरण गर्ने वा बहालमा दिने, (छ) रचनाको प्रतिलिपि आयात गर्ने, (ज) मूल रचना वा सो रचनाको प्रतिलिपिको सार्वजनिक प्रदर्शन गर्ने, (झ) रचनाको प्रस्तुति गर्ने, (ञ) रचनाको प्रसारण गर्ने, (ट) रचनाको सार्वजनिक सञ्चार गर्ने । टिप्पणी Active measures Goods
प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकार सेक्शन ८. प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकार (१) कुनै रचनामा रचयिताको आर्थिक अधिकार निहित रहे वा नरहेको जेसुकै भए तापनि त्यस्तो रचयितालाई देहाय बमोजिमको नैतिक अधिकार प्राप्त हुनेछ ः– (क) आफ्नो रचनाका प्रतिहरुमा वा आफ्नो रचना सार्वजनिक रुपमा प्रयोग गरिएमा त्यस्तो रचनामा आफ्नो नाम उल्लेख गर्न लगाउने, (ख) आफ्नो रचनामा वास्तविक नाम उल्लेख नगरी छद्म नाम उल्लेख गरिएको भएमा त्यस्तो रचनाको सार्वजनिक रुपमा प्रयोग गर्दा त्यस्तो छद्म नाम उल्लेख गर्न लगाउने, (ग) आफ्नो रचनालाई बङ्ग्याई वा विकृत रुपमा प्रस्तुत गरी निजले आर्जन गरेको सम्मान वा ख्यातिलाई गिराउने जस्ता कार्य रोक्ने, (घ) आफ्नो रचनामा आवश्यक संशोधन वा परिमार्जन गर्ने । (२) उपदफा (१) मा उल्लिखित अधिकार रचयिताको जीवनभर हस्तान्तरण हुने छैन । तर रचयिताले आफ्नो मृत्यु पश्चात् लागू हुने गरी त्यस्तो अधिकार हस्तान्तरण गर्न कसैलाई इच्छाएको भए त्यसरी इच्छाएको व्यक्ति वा संस्थालाई र त्यसरी इच्छाएको नभए नजिकको हकवालामा सर्नेछ । टिप्पणी Active measures Goods
ध्वनिअङ्कन उत्पादकको अधिकार सेक्शन १०. ध्वनिअङ्कन उत्पादकको अधिकारः (१) ध्वनिअङ्कन उत्पादकलाई देहाय बमोजिमको अधिकार हुनेछः– (क) कुनै पनि तरिका वा स्वरुपमा ध्वनिअङ्कनको प्रत्यक्ष वा अप्रत्यक्ष रुपले पुनरुत्पादन गर्ने, (ख) ध्वनिअङ्कनको प्रतिलिपि आयात गर्ने, (ग) ध्वनिअङ्कनको मूल प्रति वा प्रतिलिपिको बिक्री वा स्वामित्व हस्तान्तरणका अन्य तरिकाबाट त्यस्ता ध्वनि अङ्कन सर्वसुलभ गराउने, (घ) सार्वजनिक रुपमा ध्वनिअङ्कनलाई भाडामा वा सापटीमा दिने, (ङ) तारयुक्त वा तारविहिन उपकरणबाट ध्वनिअङ्कनलाई एउटै खास ठाउँबाट वा आफूले चाहेको ठाउँबाट वा जनसाधारणद्वारा श्रवण गर्न सक्ने बनाउने । (२) उपदफा (१) बमोजिमको अधिकार त्यस्तो ध्वनिअङ्कन प्रकाशन भएको वर्षबाट पचास वर्षसम्म कायम रहनेछ । टिप्पणी Active measures Goods
ध्वनिअङ्कनको प्रयोग बापत मनासिब माफिकको पारिश्रमिक पाउने सेक्शन ११. ध्वनिअङ्कनको प्रयोग बापत मनासिब माफिकको पारिश्रमिक पाउने ः (१) व्यापारिक प्रयोजनको लागि प्रकाशन भएको कुनै ध्वनिअङ्कन वा त्यस्तो ध्वनिअङ्कनको पुनरुत्पादित प्रतिलिपिलाई प्रसारण वा अन्य सञ्चारको लागि सोझै प्रयोग गरी सार्वजनिक रुपमा जनसमक्ष प्रस्तुत गरिएको भए सो बापत मनासिब माफिकको पारिश्रमिकको रकम उत्पादकले प्रयोगकर्ताबाट भुक्तानी पाउनेछ । (२) उपदफा (१) बमोजिमको पारिश्रमिक प्राप्त गर्ने सम्बन्धमा प्रस्तोता र उत्पादक बीच सम्झौता भएकोमा सोही बमोजिम र सम्झौता नभएको अवस्थामा उत्पादकले प्राप्त गरेको आधा रकम प्रस्तोताले पाउनेछ । (३) उपदफा (१) बमोजिम मनासिब माफिकको पारिश्रमिक रकम पाउने अधिकार त्यस्तो ध्वनिअङ्कन प्रकाशन भएको वा ध्वनिअङ्कन समायोजन भएको वर्षबाट पचास वर्षसम्म कायम रहनेछ । टिप्पणी Active measures Goods
प्रसारण संस्थाको अधिकार सेक्शन १२. प्रसारण संस्थाको अधिकारः (१) प्रसारण संस्थालाई देहायका कार्य गर्न पाउने अधिकार हुनेछः– (क) आफूले प्रसारण गरेको विषयलाई पुनःप्रसारण गर्ने, (ख) आफ्नो प्रसारणलाई सर्वसाधारण समक्ष सर्वसुलभ हुने गरी सञ्चार गर्ने, (ग) आफ्नो प्रसारणको समायोजन गर्ने, (घ) आफ्नो प्रसारणको समायोजनको पुनरुत्पादन गर्ने । (२) उपदफा (१) बमोजिमको अधिकार त्यस्तो प्रसारण शुरु भएको वर्षबाट पचास वर्षसम्म कायम रहनेछ । टिप्पणी Active measures Goods
व्यक्तिगत प्रयोजनको लागि पुनरुत्पादन गर्न पाइने सेक्शन १६ - व्यक्तिगत प्रयोजनको लागि पुनरुत्पादन गर्न पाइने (१) दफा ७ को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यक्तिगत प्रयोजनको लागि कुनै पनि प्रकाशित रचनाको केही भाग पुनरुत्पादन गर्न रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति आवश्यक पर्ने छैन । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भवनको रुपमा तयार गरिएको आर्किटेक्चरल डिजाइन र अन्य निर्माण सम्बन्धी डिजाइनको पुनरुत्पादन वा कुनै पुस्तकको ठूलो हिस्साको पुनरुत्पादन वा सांगीतिक रचनालाई नोटेशनको रुपमा पुनरुत्पादन वा डाटाबेसको सम्पूर्ण वा उल्लेखनीय हिस्सा डिजिटल ट्रान्समिसनको प्रक्रियाद्वारा पुनरुत्पादन गर्दा रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर पर्ने गरी पुनरुत्पादन गर्न पाइने छैन । टिप्पणी Active measures Goods
प्रतिलिपि अधिकार प्राप्त रचनाको उद्धरण गर्न पाइने सेक्शन १७. प्रतिलिपि अधिकार प्राप्त रचनाको उद्धरण गर्न पाइनेः दफा ७ को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रकाशित रचनाको केही अंश सत्कार्यको लागि रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर नपर्ने गरी निजको अनुमति विना नै उद्धरण गर्न पाइने छ । त्यसरी उद्धरण गर्दा सोको स्रोत र त्यस्तो रचनाका रचयिताको नाम उल्लेख भए सो समेत उल्लेख गर्नु पर्नेछ । टिप्पणी Active measures Goods
पठनपाठनको लागि पुनरुत्पादन गर्न पाइने सेक्शन १८. पठनपाठनको लागि पुनरुत्पादन गर्न पाइनेः (१) दफा ७ को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति विना पठनपाठनको लागि रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर नपु¥याउने गरी देहायको कार्य गर्न पाइनेछः– (क) उद्धरण, लेखन वा श्रव्य दृश्यको सहायताद्वारा कुनै प्रकाशित रचनाको छोटो भाग पुनरुत्पादन गर्न, (ख) कक्षामा प्रस्तुत हुने शैक्षिक क्रियाकलापको प्रयोजनको लागि रचनाको केही अंश पुनरुत्पादन, प्रसारण र प्रदर्शन गर्न । (२) उपदफा (१) बमोजिम पुनरुत्पादन गरिएको सबै प्रतिहरुमा स्रोत र रचयिताको नाम उल्लेख गर्नु पर्नेछ टिप्पणी Active measures Goods
सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले पुनरुत्पादन, प्रसारण् र अन्य किसि अन्य किसि अन्य किसिमको सञ्चार गर्न पाइने सेक्शन २०. सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले पुनरुत्पादन, प्रसारण् र अन्य किसि अन्य किसि अन्य किसिमको सञ्चार गर्न पाइनेः (१) दफा ७ को खण्ड (क), (झ) र (ञ) मा जुनसुकै कुरा लेखिएको भए तापनि रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति बिना कुनै रचनाको स्रोत र रचयिताको नाम उल्लेख गरी देहायका काम गर्न पाइनेछः– (क) कुनै समाचारपत्र वा पत्रपत्रिकामा छापिएको लेख, राजनैतिक वा धार्मिक शीर्षकको लेख वा यस्तै प्रकृतिको प्रसारणलाई कुनै समाचार पत्र वा पत्रपत्रिकामा छाप्न वा सर्वसाधारणलाई प्रसारण गर्न वा अन्य किसिमको प्रसारण गर्न, तर रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर पु¥याउन पाइने छैन । (ख) कुनै ताजा घटनाका सम्बन्धमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले पुनरुत्पादन गर्न, प्रसारण वा अन्य किसिमको सञ्चार गर्न वा कुनै घटनालाई पुष्टि गर्न, (ग) ताजा सूचना प्रवाह गर्ने उद्देश्यले सर्वसाधारण समक्ष प्रस्तुत गरिएका वा अदालती कारवाहीका सम्बन्धमा गरिएको वहस कुनै समाचारपत्र वा नियमित रुपमा प्रकाशत हुने पत्रिकाको केही अंश पुनरुत्पादन गर्न, प्रसारण गर्न वा अन्य सार्वजनिक सञ्चार गर्न । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि रचयिताले नै पुनरुत्पादन, प्रसारण र अन्य किसिमको सञ्चार गर्न नपाइने भनी उल्लेख गरेको रहेछ भने त्यस्तो अवस्थामा पुनरुत्पादन, प्रसारण र अन्य किसिमको सञ्चार गर्न पाइनेछैन । टिप्पणी Active measures Goods
कम्प्युटर प्रोग्रामको पुनरुत्पादन गर्न पाइने २१. कम्प्युटर प्रोग्रामको पुनरुत्पादन गर्न पाइने: दफा ७ को खण्ड (क) र (ग) मा जुनसुकै लेखिएको भए तापनि जुन उद्देश्यका लागि कम्प्युटर प्रोग्राम प्राप्त गरिएको हो सो उद्देश्य प्राप्त गर्न नसकेको अवस्थामा वा अभिलेख राख्ने उद्देश्यले वा वैध रुपले प्राप्त गरिएको कम्प्युटर प्रोग्राम हराए वा नष्ट भए वा प्रयोग गर्न नसकिने भएमा रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति बिना नै एक प्रति कम्प्युटर प्रोग्राम पुनरुत्पादन गर्न पाइनेछ । टिप्पणी Active measures Goods
रचयिता वा प्रतिलिपि अधिकार धनीको इजाजत बिना व्यक्तिगत प्रयोजनको लागि एकप्रति पैठारी गर्न पाइने २२. व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाइनेः दफा ७ को खण्ड (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि रचयिता वा प्रतिलिपि अधिकार धनीको इजाजत बिना व्यक्तिगत प्रयोजनको लागि कुनै रचनाको एकप्रति पैठारी गर्न पाइनेछ । टिप्पणी Active measures Goods
प्रतिलिपि अधिकारको हस्तान्तरण सेक्शन २४. प्रतिलिपि अधिकारको हस्तान्तरणः (१) प्रतिलिपि अधिकार धनीले आफूलाई प्राप्त आर्थिक अधिकारमध्ये सबै वा केही अधिकार लिखित रुपमा सम्झौता गरी अरुलाई हस्तान्तरण गर्न वा कुनै शर्त तोकी वा नतोकी प्रयोग गर्न अनुमति दिन सक्नेछ । (२) नैतिक अधिकार प्राप्त व्यक्तिले आफ्नो मृत्युपछि लागू हुने गरी निजलाई प्राप्त नैतिक अधिकारको संरक्षणको लागि रचनामा आफ्नो नाम नहटाउने शर्त सहित लिखित रुपमा सम्झौता गरी कसैलाई हस्तान्तरण गर्न सक्नेछ । (३) यस दफा बमोजिम प्रतिलिपि अधिकार धनीबाट अधिकार हस्तान्तरण गरी लिने व्यक्तिले त्यसरी हस्तान्तरण गरी लिएको अधिकार बाहेक अन्य कुनै काम कारवाही गर्न पाउने छैन । टिप्पणी Active measures Goods
संरक्षित अधिकारको उल्लङ भएको मानिनेः सेक्शन २५. संरक्षित अधिकारको उल्लङ भएको मानिनेः (१) कसैले देहाय बमोजिमको कार्य गरेमा यस ऐन बमोजिम संरक्षित अधिकार उल्लङ्घन गरेको मानिनेछ ः– (क) रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति प्राप्त नगरी वा अनुमति प्राप्त गरेको भए तापनि सम्झौता वा अनुमतिपत्रमा उल्लेख भएको शर्तको उल्लङ्घन गरी आर्थिक लाभ उठाई वा नउठाई व्यापारिक वा अन्य कुनै उद्देश्यले आफ्नो हक नपुग्ने रचना वा ध्वनिअङ्कनको प्रतिलिपिहरु उत्पादन गरी बिक्री वितरण वा सार्वजनिक सञ्चार गरेमा वा भाडामा दिएमा, (ख) अर्काको रचनाले आर्जित गरेको प्रतिष्ठाको फाइदा उठाउने नियतले त्यस्तो रचनाको अनुकरण गरी विज्ञापन वा प्रचार प्रसार गरेमा, (ग) अर्काको रचनाको स्वरुप वा भाषाको माध्यम परिवर्तन गरी आर्थिक लाभ उठाउने उद्देश्यले अर्कै विषय वा प्रकृतिको रचना निर्माण गरेमा, (घ) विज्ञापन वा अन्य कुनै माध्यमबाट दर्शक वा श्रोता वा पाठकलाई अर्कै रचना हो भन्ने भान पार्ने नियतले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले कुनै कुरा निर्माण वा तयार गरी फाइदा उठाउने प्रयत्न गरेमा । (ङ) अनधिकृत पुनरुत्पादन गर्न हतोत्साहित गर्न गरिएको व्यवस्थालाई असफल गराउने ध्येय राखी तयार गरिएको उपकरण वा माध्यमको आयात, उत्पादन वा भाडामा दिने कार्य गरेमा, (च) सांकेतिक भाषामा गोप्य रुपमा (इन्क्रिप्ट गरी) प्रसारण गरिएको कार्यक्रमलाई अनधिकृत रुपमा हेर्न मद्दत गर्ने उपकरण बिक्री गर्ने उद्देश्यले उत्पादन वा आयात गर्ने कार्य गरेमा, (छ) खण्ड (ङ) र (च) मा उल्लेख भए बाहेक प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने उद्देश्यले मात्र तयार गरिएको यान्त्रिक उपकरण आयात, बिक्री, वितरण तथा प्रयोग गरेमा । (२) कसैले उपदफा (१) उल्लङ्घन गरी कुनै रचना वा ध्वनिअङ्कन प्रकाशन गरेको कुरा थाहा पाउँदा पाउँदै वा विश्वास गर्ने पर्याप्त कारण हुँदा हुँदै त्यसरी प्रकाशन गरिएका रचनाका प्रतिहरु एवं ध्वनिअङ्कनका प्रतिहरु बिक्री वितरण गर्न वा वहालमा दिनु हुँदैन । टिप्पणी Active measures Goods
Punishment on infringement of protected right Section 27. Punishment on infringement of protected right: (1) In cases where any person infringes Section 25, such a person shall be punished with a fine of a sum from ten thousand to one hundred thousand rupees or with imprisonment for a term not exceeding six months or both and with a fine of a sum from twenty thousand to two hundred thousand rupees or with imprisonment for a term not exceeding one year or with both for each instance from the second time. The materials so published or reproduced or distributed or devices used to reproduce such materials shall be seized. (2) Compensation for the loss caused to the copyright owner by the infringer of the protected right shall also be realized and provided to the copyright owner. Comments Active measures Goods
अनाधिकार प्रतिलिपि पैठारी गरेमा सजायः २८. अनाधिकार प्रतिलिपि पैठारी गरेमा सजायः कसैले दफा २६ उल्लङ्घन गरेमा त्यस्तो प्रतिलिपिहरु जफत गरी निजलाई कसूरको मात्रा अनुसार दश हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिवाना हुनेछ र प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई त्यस्तो पैठारीबाट भएको नोक्सानीको क्षतिपूर्ति समेत सो पैठारी गर्ने व्यक्तिबाट भराई दिनु पर्नेछ ।गरी कुनै रचनाको अनाधिकार प्रतिलिपिहरु पैठारी टिप्पणी Active measures Goods
अन्य कुनै कुरा उल्लङ्घन गरेमा सजा २९. अन्य कुनै कुरा उल्लङ्घन गरेमा सजायः कसैले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा लेखिएका अन्य कुनै कुरा उल्लङ्घन गरेमा कसूरको मात्रा अनुसार पाँचहजार रुपैयाँदेखि पचासहजार रुपैयाँसम्म जरिबाना हुनेछ । टिप्पणी Active measures Goods
अन्य कुनै कुरा उल्लङ्घन गरेमा सजा २९. अन्य कुनै कुरा उल्लङ्घन गरेमा सजायः कसैले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा लेखिएका अन्य कुनै कुरा उल्लङ्घन गरेमा कसूरको मात्रा अनुसार पाँचहजार रुपैयाँदेखि पचासहजार रुपैयाँसम्म जरिबाना हुनेछ । टिप्पणी Active measures Goods
मदिराको उत्पादन तथा बिक्री वितरणमा बन्देज सेक्शन ४ - मदिराको उत्पादन तथा बिक्री वितरणमा बन्देज (१) कसैले पनि प्लाष्टिकको पोका (पाउच) मा मदिरा राखी मदिराको उत्पादन तथा बिक्री वितरण गर्नु हुँदैन । (२) कसैले पनि अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिलाई मदिरा बिक्री वितरण गर्नु हुँदैन । (३) अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिले मदिराको बिक्री वितरण गर्नु हुँदैन । टिप्पणी Active measures Goods