Legal Documents

View Procedure

Procedure Name कूटनीतिक सुविधा
Description

भन्सार नियमावली, २०६४

नियाम ३ : कूटनीतिक सुविधा वा महसुल सुविधा दिन सकिनेः (१) ऐनको दफा ९ को उपदफा (१) बमोजिम कूटनीतिक सुविधा वा महसुल सुविधा पाउने निकाय, पदाधिकारी वा व्यक्तिले त्यस्तो सुविधा लिनका लागि सुविधा लिन खोजेको  मालवस्तुको विवरण, मूल्य र परिमाणसमेत उल्लेख गरी परराष्ट्र मन्त्रालयमा निवेदन दिनु पर्नेछ ।
 
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदनउपर जाँचबुझ गर्दा कूटनीतिक सुविधा वा महसुल सुविधा दिनु पर्ने देखिएमा परराष्ट्र मन्त्रालयले अनुसूची–१ बमोजिमको ढाँचामा दुई प्रति सिफारिस फाराम भरी विभागमा पठाउनु पर्नेछ ।
 
(३) उपनियम (२) बमोजिम सिफारिस फाराम प्राप्त भएपछि विभागले एक प्रति सिफारिस फाराम सम्बन्धित भन्सार कार्यालय वा करमुक्त पसलमा कार्यान्वयनका लागि पठाउनु पर्नेछ ।
 
(४) उपनियम (३) बमोजिम सिफारिस फाराम प्राप्त भएपछि सम्बन्धित भन्सार कार्यालय वा करमुक्त पसलले सो सिफारिसबमोजिम सम्बन्धित निकाय, पदाधिकारी वा व्यक्तिलाई कूटनीतिक सुविधा वा महसुल सुविधा दिनु पर्नेछ ।
 
(५) उपनियम (४) बमोजिम कूटनीतिक सुविधा वा महसुल सुविधा दिएको विवरण सम्बन्धित भन्सार कार्यालय वा करमुक्त पसलले विभागमा पठाउनु पर्नेछ र सो विवरणको एक प्रति अभिलेखका लागि आफ्नो कार्यालयमा राख्नु पर्नेछ ।
 
(६) यस नियमको प्रयोजनको लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक सुविधा वा महसुल सुविधाको सिफारिस गर्ने फाराममा दस्तखत गर्ने आधिकारिक व्यक्तिको दस्तखतको नमूना अग्रिम रुपमा विभागलाई उपलब्ध गराउनु पर्नेछ ।
 
Category Procedure


Title Description Create Date Update Date Issued By File
कूटनीतिक सुविधा वा महसुल सुविधा दिन परराष्ट मन्त्रालयले सिफारिस गर्ने फारामको कूटनीतिक सुविधा वा महसुल सुविधा दिन परराष्ट मन्त्रालयले सिफारिस गर्ने फारामको ढाँचा 2016-05-16 2016-08-22 भन्सार विभाग



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
कूटनीतिक सुविधा वा महसुल सुविधा सिफारिस आवश्यकता अर्थ मन्त्रालयम कूटनीतिक सुविधा वा महसुल सुविधा कूटनीतिक सुविधा वा महसुल सुविधा पाउने निकाय, पदाधिकारी वा व्यक्तिले त्यस्तो सुविधा लिनका लागि सुविधा लिनको लागि भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 Goods