Legal Documents

View Procedure

Procedure Name एकाधिकारको दर्ता
Description

पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ (१९६५)

दफा ४- पेटेण्ट उपर अधिकार प्राप्त गर्न दरखास्त दिनु पर् (१) कुनै पेटेण्ट आफनो नाममा दर्ता गराउन चाहने व्यक्तिले आफनो भएसम्मको सबूद प्रर्माण सहित निम्नलिखित कुराहरू खलाई अनसची–१ (क) बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनु पर्छ ।

(क) सो पेटेण्ट आविष्कार गर्ने व्यक्तिको नाम, ठेगाना र पेशा ,

(ख) दरखास्तवाला आफैल सो पेटेण्ट आविष्कार गरेको नभएमा सो बआविष्कार गर्ने व्यक्तिबाट दरखास्तवालाले के कुन किसिमबाट कस्तो हक   प्राप्त गेरकोहो, 

(ग) सो पेटेण्ट बनाउने सञ्चालन वा उपयोग गर्ने तरीका, 

(घ) सो पेटेण्ट कुनै खास सिद्धान्त वा फरर्मूलामा आधारित भए सो सिद्धान्त वा फर्मुला ।

(२) उपदफा (१) बमोजीमको दरखास्तका साथ दरखास्तवालाले सो पटेण्टको  विवरण सहितको नक्सा तथा रखाङ्कन र अनसची –३ (१) को (क) मा तोकिएको दरखास्त दस्तुर समेत दाखिल गनर्पछ ।

 

पेटेण्ट दर्ता कार्यप्रक्रिया

१. पेटेण्टका लागि दरखास्त दर्ता,

२. प्रारम्भिक परिक्षण,

३. सारभूत परिक्षण,

४. परिक्षण सम्पन्न भए पश्चात पेटेण्ट दर्ताको निर्णय,

५. पेटेण्ट दर्ताको जानकारी नेपाल राजपत्रमा प्रकाशन,

६. नेपाल राजपत्रमा प्रकाशन भइ विभागबाट नक्कल लिएकोे मितिले ३५ दिनभित्र उजुरी दिन सकिने,

७. उजुरी परेमा छानविन भई निर्णय भएबमोजिम हुने,

८. पेटेण्ट दर्ताका लागि कम्तिमा एक बर्षको परिक्षणकाल हुन भएकोले सोसमयावधि लाग्ने

आवश्यकता / समर्थन कागजातहरू

स्वदेशी पेटेण्ट दर्ताका लागि आवश्यक कागजातहरु

१. रितपूर्वकको दरखास्त ।

२.निम्न कुराहरु समावेश भएको पेटेन्ट सम्वन्धी आलेख :-

  • क) पेटेन्टको मजवून ।
  • ख) पेटेण्ट बनाउने सञ्चालन वा उपयोग गर्ने तरीका ।
  • ग) पेटेण्टको विवरण सहितको आवश्यकतानुसार नक्सा तथा रेखाङ्कन ।
  • घ) अधिकार सुरक्षित गर्न खोजिएको दावीको विवरण ।
  • ङ) आविष्कारकको नाम, ठेगाना र पेशा ।
  • च) पेटेण्ट धनीको नाम र ठेगाना ।
  • छ) पेटेण्ट कुनै सिद्धान्त वा फर्मूलामा आधारित भए सोको विवरण ।

३. प्रतिनिधि मनोनयन गरिएको भएमा अधिकारनामा ।

४. दरखास्त दस्तुर वुझाएको रसिद ।

 

विदेशी पेटेण्ट दर्ताका लागि देहायका कागजातहरु

१. रितपूर्वकको दरखास्त

२. शुरु आवेदन अन्य मुलुकमा भए ग्राह्यता मिति सम्बन्धी प्रमाण,

३. विदेशमा दर्ता भएको पेटेण्ट दर्ता प्रमाणपत्र ९ज्यmभरँयचभष्नल च्भनष्कतचबतष्यल ऋभचतषष्अबतभ, ज्च्ऋरँच्ऋ० को प्रमाणित प्रतिलिपि,

४. प्रतिनिधि मनोनयन गरिएको भए अधिकारनामा, परिचयपत्र र नेपालमा पत्राचार गर्ने ठेगाना,

५. दरखास्त दस्तुर बुझाएको रसिद ।

 

Category Procedure


Title Description Create Date Update Date Issued By File
पेटेण्ट दर्ताको निमित्त दिइने दरखास्त पेटेण्ट दर्ताको निमित्त दिइने दरखास्तको ढाँचा 2016-05-29 2016-08-22 उद्योग मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
एकाधिकारको दर्ता दर्ता आवश्यकता उद्योग मन्त्रालय सर्वसाधारण जनताको सुविधा तथा आर्थिक हितको निमित्त पेटण्ट डिजायन र र्टेडमार।कको सम्बन्धमा समयचित कानुनी व्यवस्था गर्न आवेदन शुल्क रु २००० पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ 9999-12-31 Goods