Legal Documents

View Procedure

Procedure Name खाद्य पदार्थ उत्पादन मिति र उपभोग गर्न उपयुक्त अवधि खुलाउनु पर्ने
Description

खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली (मस्यौदा), २०७३

नियम १६.  उत्पादन मिति र उपभोग गर्न उपयुक्त अवधि खुलाउनु पर्नेः (१) प्याकिङ्ग गरिएको खाद्य पदार्थको लेबलमा अनिवार्य रूपले उत्पादन मिति र उपभोग गर्न उपयुक्त अवधि वा अन्तिउपभोग्य मिति खुलाउन पर्नेछ ।

(२) उपनियम (१) बमोजिम उपभोग गन उपयुक्त अवधि राख्दा तीन महीना भन्दा बढी टिक्ने खाद्य पदार्थको हकमा “उपभोग गर्न उपयुक्त अवधि” उल्लेख गरी महिना र सम्बत खुलाउनु पर्नेछ तथा उपभोग्य मिति तीन महीना भन्दा कम अवधि भएका खाद्य पदार्थको हकमा “अन्तिम उपभोग्य मिति” उल्लेख गरी क्रमशः गते, महिना र सम्बत खुलाउनु पर्नेछ । तर उपभोग गर्न उपयुक्त अवधि खुलाउँदा उत्पादन वा प्याकिङ्ग मितिले “यति महिना भित्र” अन्तिम उपभोग्य मितिको हकमा प्याकिङ्ग मितिले “यति दिन भित्र” उपभोग गर्न उपयुक्त हुने भनी उल्लेख गर्न कुनै बाधा पर्ने छैन ।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–४ मा उल्लेखित खपदार्थको हकमा उपभोग्य मिति उल्लेख गर्न अनिवार्य हुने छैन ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
खाद्य पदार्थको उत्पादन मिति र उपभोग गर्न उपयुक्त अवधि खुलाउनु पर्ने लेबलिंग आवश्यकता कृषि विकास मन्त्रालय खाद्य पदार्थको उत्पादन मिति र उपभोग गर्न उपयुक्त अवधि खुलाउनु पर्ने बारेमा। नियम १६। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 2026-12-31 Goods