Archive

Foreign Trade Statistics of Nepal [First five months (Shrawan-Mangsir) of Fiscal Year 2076-77]
आ. व.२०७६/७७ को प्रथम पाँच महिना (श्रावण-मार्ग) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७६/७७ को प्रथम पाँच महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.४ प्रतिशतले ह्रास आई  रु.६२८.८७ अर्बमा सीमित हुन पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.६ प्रतिशत र ९२.४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी २७.० प्रतिशतले  वृद्धि भई रु ४७.६२ अर्व तथा कुल पैठारीमा ४.२  प्रतिशतले ह्रास आई रु. ५८१.२६ अर्बमा सीमित भएको छ । आ.व. २०७५/७६ को प्रथम पाँच महीनाको अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१६.२ रहेकोमा आ.व. २०७६/७७ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१२.२ रहन आएको छ । 

First Five Months 2076_77_abstract.pdf

First Five Months 2076_77_tables.pdf