Archive
सुनको मूल्य तोलाको एक लाख नजिक
1613887271.jpg)
काठमाडौं । सुनको मूल्य तोलाको एक लाख रुपैयाँनजिक पुगेको छ ।
बुधबार सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले वृद्धि भएर तोलाको ९९ हजार ५०० रुपैयाँ पुगेको छ । गएको बिहीबार तोलाको ९९ हजार रुपैयाँ पुगेर केही ओरालो लागेको सुनको मूल्यले आज पुनः उचाइ बनाएको हो ।
आज छापावाला सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन प्रतितोला एक हजार ९०० रुपैयाँले नै बढेर ९९ हजार प्रतितोलामा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।