Archive

भन्सार एजेन्टको परिक्षामा उत्तिर्ण भएकाहरुलाई ईजाजतपत्र
भन्सार एजेन्टको परिक्षामा उत्तिर्ण भएकाहरुलाई ईजाजतपत्र

भन्सार एजेन्टको परिक्षामा उत्तिर्ण भएकाहरुलाई ईजाजतपत्र 

भन्सार ऐन २०६४ को अनुसार निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयवाट छुटाउन वा भन्सार कार्यालयसँग सम्वन्धित कामको लागी निकासी वा पैठारीकर्ताको एजेन्टको रुपमा भन्सार एजेन्टले कार्य गर्दछन्।

अन्तराष्ट्रिय बजारसित नेपालको बढ्दो व्यापर गतिविधी र भन्सार विन्दुहरुको पनि संख्या वृद्धिहुदै गएको अवस्थामा नेपालको निकासी पैठारी र भन्सार प्रणाली व्यवस्थित र सुधार गर्नका लागी भन्सार एजेन्टहरुको थप आवश्यकता रहेको थियो ।यसै सिलसिलामा भन्सार विभागले ६६० जनालाई भन्सार एजेन्टको ईजाजतपत्र जारि गर्ने प्रयोजनार्थ विज्ञापन सूचना जारी गरि लोकसेवा आयोगवाट मिति २०७९ बैशाख १९ गते परिक्षा लिई प्रप्ताङ्क र अन्तरवार्तामा प्राप्त कुल अङ्कका आधारमा भन्सार एजेन्टको नतिजा प्रकाशन गरेको थियो।

उक्त भन्सार एजेन्टको परिक्षामा उत्तिर्ण भएकाहरुलाई ईजाजतपत्र दिने कार्य सुरु भएको भन्सार विभागले जनाएको छ। नव नियुक्त भन्सार एजेन्टहरुलाई विभागका महानिर्देशक श्री कमल प्रशाद भट्टराईज्यूले ईजाजतपत्र प्रदान गर्दै वधाई तथा शुभकामना दिनुभयो।